तीनकुने घटनामा पक्राउ परेकामध्ये ८९ जना परिवारको जिम्मा, मिश्र र राणासहित ६६ जनाविरुद्ध मुद्दा चलाइँदै | Khabarhub Khabarhub

तीनकुने घटनामा पक्राउ परेकामध्ये ८९ जना परिवारको जिम्मा, मिश्र र राणासहित ६६ जनाविरुद्ध मुद्दा चलाइँदै


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गत चैत १५ गते गरेको प्रदर्शनपछि पक्राउ परेकामध्ये ८९ जना रिहा भएका छन् ।

तीनकुने, कोटेश्वर, जडीबुटी र सिनामंगल क्षेत्रमा भएको तोडफोड, आगजनी र हिंसात्मक घटनामा पक्राउ परेका १४८ मध्ये ८९ जनालाई आफन्त र परिवारको जिम्मामा छाडिएको गृहमन्त्री रमेश लेखकले शुक्रबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिएका छन् ।

उनका अनुसार त्यसदिन शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै दुर्गा प्रसाईंको समूहले स्थानीय प्रशासनबाट अनुमति लिएका थिए ।

लेखकका अनुसार प्रतिनिधि सभाका माननीय एवम् धवल शमशे राणा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको थियो ।

लेखकले जसमध्ये राणा र मिश्रसहित ६६ जनामाथि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर अनुसन्धान भइरहेको बताएका छन् ।

प्रसाईंले भड्काए भिडलाई

लेखकका अनुसार शान्तिपूर्ण प्रदर्शन गर्ने भनेका प्रसाईंलै नै चैत १५ गते तीनकुने क्षेत्रमा जम्मा भएको भिडलाई भड्काउने काम गरेका थिए ।

‘प्रदर्शनका क्रममा अगुवामध्ये दुर्गा प्रसाईं चैत १५ गते दिउँसो बा. प्र. ०१–०२८ च. ०२०१ नम्बरको गाडी हाँकी अश्लील शब्द प्रयोग गर्दै, भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीलाई किच्ने नियतकासाथ सुरक्षा घेरा तोडे’, मन्त्री लेखकले भने, ‘प्रसाईंले बलपूर्वक सुरक्षा ब्यारिकेडमाथि गाडी हाँकेपछि माहौल बिग्रिन पुगेको थियो ।’

उनले प्रसाईंकै उक्त हर्कतका कारण तीनकुनेको माहौल बिग्रिएको पनि बताएका छन् । ‘प्रसाईंको उक्त हर्कतलगत्तै भिड उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतल लगायत वस्तु प्रहार गरेका थिए’, उनले भने ।

कार्यक्रमस्थलबाट अगुवा भनिएकाले नै भिडलाई उत्तेजित बनाउने काम गरेको उनले बताए । ‘सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि वढ्नोस्, संसद् भवन बानेश्वरतर्फ अगाडि बढ्नुहोस्’ भनेपछि अनियन्त्रित बनेको भिडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रुपमा पटकपटक सचेत गराएको थियो’, उनले भने ।

नेतृत्व गरेकाकै उक्साहटमा थप आक्रामक भएको भिडलाई तितरबितर गरी परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्यात्मक रुमपा क्रमश बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको लेखकले बताए ।

‘अनियन्त्रित भिडले सडकको ट्राफिक आइल्याण्ड भत्काउने, तोडफोड गर्ने, सुरक्षाकर्मीमाथि हरतरहले आक्रमण गर्ने जस्ता उच्छृङ्खल गतिविधि निरन्तर जारी राख्दै नजिकै रहेको इन्द्रेणी सहकारीको भवनमा ढुंगा हान्ने र आगजनी सुरू गरेका थिए’, उनले भने, ‘आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हरसम्भव प्रयास भए पनि दमकल तथा सुरक्षा निकायको गाडीमाथि भिडले आक्रमण गरी अवरोध गरेकोले तत्काल सम्भव नभएको हो ।’

उनले सुरक्षा निकायको समन्वयात्मक परिचालन तथा शान्ति सुव्यवस्था कायम गर्न खटिएका सुरक्षाकर्मीले आफू घाइते हुँदासमेत मानवीय क्षति नहोस भनेर अत्यन्तै संयमता अपनाएको बताए । ‘भिडको उदन्डता र नेतृत्वकर्ताको उक्साहट हेर्दा प्रहरीले संयमता नअपनाएको भए अझै ठूलो क्षति हुने अवस्था सिर्जना हुने थियो’, उनले भने ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : ४१ बजे

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि

जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारबाही हुनुपर्छ :  ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले

प्रधानमन्त्री गृहनगर दमक पुग्दा रास्वपाको हस्ताक्षर कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापाको दमकमा चलिरहेको

एयर इन्डिया दुर्घटनामा ताजा फोरेन्सिक प्रमाणले भन्यो– ‘चालक दल’ जिम्मेवार

काठमाडौं– एयर इन्डियाको विमान पाइलटले जानाजानी दुर्घटना गराएको हुन सक्ने

धवल शमशेरको चुनौती : लिङ्देको हैकमवाद स्वीकार्दिनँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र