आजको कार्टुन- भाग्दै भाग्दिनँ भन्‍ने प्रसाईं पसे दुलातिर | Khabarhub Khabarhub

आजको कार्टुन- भाग्दै भाग्दिनँ भन्‍ने प्रसाईं पसे दुलातिर


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै बेलाका कट्टर माओवादी दुर्गा प्रसाईं त्यसपछि नेकपा एमाले बने। उनी एमालेको केन्द्रीय सदस्य तथा अर्थयोजना विभागको उपप्रमुखसमेत भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हजुरबा भन्ने उनी झापामा सञ्चालित बीएन्डसी मेडिकल कलेजले लाइसेन्स नपाएपछि पुष्पकमल दाहाल प्रचण्ड र ओली दुवैसँग टाढिए।

दुवै नेतासँग टाढिएपछि गरिब किसानको ऋण मिनाहा गराउने भन्दै अभियान लिएर हिँडे । धर्म बचाऊ अभियानका नाममा झापामै पूर्वराजालाई लगेर सम्मान गरेपछि दक्षिणपन्थी यात्रामा निस्किएका उनकै कारण चैत १५ गते काठमाडौंको तीनकुनेमा ठूलो हिंसा भयो ।

उनले जबरजस्ती निषेधित क्षेत्र तोडेपछि निम्तिएको हिंसात्मक झडपका कारण दुईजनाले ज्यान गुमाए भने गोली लागेका २० जनाको अहिले उपचार भइरहेको छ ।

उनै प्रसाईं मान्छे उचाल्न एकदमै सीपालु छन् । उनी मास फ्रस्टेसनलाई उपयोग गरेर हिरो भइरहने पात्रका रुपमा परिचित छन् । उनै प्रसाईंले त्यही मास फ्रस्टेसनलाई अहिलेको व्यवस्थाविरुद्ध उपयोग गरे । कुनै बेला बैंकहरूलाई सत्तोसराप गर्दै हिँड्ने उनी अहिले गणतान्त्रि व्यवस्था ढालेर राजा फर्काउने अभियानमा छन् ।

तीनकुनेमा चैत १५ गते गाडीसहित आएका उनले सुरूमा भिडलाई उचाल्नुसम्म उचाले । केही युट्युबर अघिपछि लगाइरहने उनले त्यहीँ भने, ‘म कहाँ भाग्छु, म जस्तो हिम्मतिलो मान्छे कोही छैन, भागेर म कहीँ जान्न।’

तर, प्रहरीले ब्यारिकेड तोड्न प्रयोग गरेको गाडी खोसेपछि उनी तीनकुनेको भिडमा देखिएनन् । अचानक गायब भए । खोज्दै जाँदा उनी एउटा सटरभित्र लुकेको अवस्थामा भेटिए । त्यसपछि उनले अर्को गाडी मगाएर त्यहाँबाट कुलेलम ठोके । अहिले उनी कहाँ छन् कसैलाई थाहा छैन । उनले उचालेका भरमा आएका कयौँजनाको हातमा अहिले हतकडी लागेको छ भने कयौँ अस्पतालको बेडमा छटपटाइरहेका छन् ।

उनले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटिएको छ । उनी भने कुनै मन्दिरको पृष्ठभूमिमा भिडियो बनाउँदै अझै पनि राजा ल्याउने भन्दै मान्छे उचालिरहेका छन् । उनी अझै भन्दैछन्- म भागेको छैन, लुकेको छैन । तर प्रहरीको निष्कर्षमा उनी चितवनको ठोरी हुँदै भारत पसिसकेका छन् । उनले अरू कसैलाई चलाउन लगाएर फेसबुकबाट राजावदी उचालिरहेका छन् ।

उनैलाई चैत १४ गते निर्मल निवासमा बोलाएका पूर्वाराजा ज्ञानेन्द्र शाहविरुद्ध काठमाडौंका मेयर बालेन्द्र साहले ७ लाख ९३ हजारको जरिवाना पूर्जा काटेका छन् । भलै ज्ञानेन्द्रले तिर्न अटेर गरेका छन् । सुरूमा आफूलाई बहादुर भन्ने उनै प्रसाईं एकसाथ कयौँ मानिसलाई विवादको दलदलमा हालेर आफू भने अलप भएका छन्, भागेका छन् ।

उनकै आन्दोलनमा जाँदा रवीन्द्र मिश्रसहितको हातमा हतकडी लागेको छ । सांसद धवल शमशेर राणासमेत हिरासतमा छन् । यति बेला प्रसाईं मुसो दुलामा पसे जस्तै गायब भएका छन् । तीनकुनेको सटरबाट निस्केर कुलेलम ठोकेका उनी कहाँ लुके कसैलाई पत्तो छैन । राजावादी आन्दोलनलाई अलपत्र पार्दै एकसाथ कयौँ शक्ति केन्द्र र मानिसलाई विवादमा तानेका उनै सदाबहार विवादित पात्र भागेको त्यही सन्दर्भलाई यहाँ प्रस्तुत गरिएको कार्टुनले कटाक्ष गर्न खोजेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : ०७ बजे

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

सोल – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

धनगढी – अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि सीमा क्षेत्रमा सतर्कता

पर्सा – छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै

हुन सकेन रुस र युक्रेनको युद्ध विराम

इस्तानबुल – रुस र युक्रेनको बीचमा इस्तानबुलमा सोमबार भएको शान्ति

आईपीएल फाइनलमा पञ्जाब र आरसिबी भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल मंगलबार हुँदै छ।