आजको कार्टुन- भाग्दै भाग्दिनँ भन्‍ने प्रसाईं पसे दुलातिर « Khabarhub

आजको कार्टुन- भाग्दै भाग्दिनँ भन्‍ने प्रसाईं पसे दुलातिर


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै बेलाका कट्टर माओवादी दुर्गा प्रसाईं त्यसपछि नेकपा एमाले बने। उनी एमालेको केन्द्रीय सदस्य तथा अर्थयोजना विभागको उपप्रमुखसमेत भए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हजुरबा भन्ने उनी झापामा सञ्चालित बीएन्डसी मेडिकल कलेजले लाइसेन्स नपाएपछि पुष्पकमल दाहाल प्रचण्ड र ओली दुवैसँग टाढिए।

दुवै नेतासँग टाढिएपछि गरिब किसानको ऋण मिनाहा गराउने भन्दै अभियान लिएर हिँडे । धर्म बचाऊ अभियानका नाममा झापामै पूर्वराजालाई लगेर सम्मान गरेपछि दक्षिणपन्थी यात्रामा निस्किएका उनकै कारण चैत १५ गते काठमाडौंको तीनकुनेमा ठूलो हिंसा भयो ।

उनले जबरजस्ती निषेधित क्षेत्र तोडेपछि निम्तिएको हिंसात्मक झडपका कारण दुईजनाले ज्यान गुमाए भने गोली लागेका २० जनाको अहिले उपचार भइरहेको छ ।

उनै प्रसाईं मान्छे उचाल्न एकदमै सीपालु छन् । उनी मास फ्रस्टेसनलाई उपयोग गरेर हिरो भइरहने पात्रका रुपमा परिचित छन् । उनै प्रसाईंले त्यही मास फ्रस्टेसनलाई अहिलेको व्यवस्थाविरुद्ध उपयोग गरे । कुनै बेला बैंकहरूलाई सत्तोसराप गर्दै हिँड्ने उनी अहिले गणतान्त्रि व्यवस्था ढालेर राजा फर्काउने अभियानमा छन् ।

तीनकुनेमा चैत १५ गते गाडीसहित आएका उनले सुरूमा भिडलाई उचाल्नुसम्म उचाले । केही युट्युबर अघिपछि लगाइरहने उनले त्यहीँ भने, ‘म कहाँ भाग्छु, म जस्तो हिम्मतिलो मान्छे कोही छैन, भागेर म कहीँ जान्न।’

तर, प्रहरीले ब्यारिकेड तोड्न प्रयोग गरेको गाडी खोसेपछि उनी तीनकुनेको भिडमा देखिएनन् । अचानक गायब भए । खोज्दै जाँदा उनी एउटा सटरभित्र लुकेको अवस्थामा भेटिए । त्यसपछि उनले अर्को गाडी मगाएर त्यहाँबाट कुलेलम ठोके । अहिले उनी कहाँ छन् कसैलाई थाहा छैन । उनले उचालेका भरमा आएका कयौँजनाको हातमा अहिले हतकडी लागेको छ भने कयौँ अस्पतालको बेडमा छटपटाइरहेका छन् ।

उनले काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी इटहरीमा भेटिएको छ । उनी भने कुनै मन्दिरको पृष्ठभूमिमा भिडियो बनाउँदै अझै पनि राजा ल्याउने भन्दै मान्छे उचालिरहेका छन् । उनी अझै भन्दैछन्- म भागेको छैन, लुकेको छैन । तर प्रहरीको निष्कर्षमा उनी चितवनको ठोरी हुँदै भारत पसिसकेका छन् । उनले अरू कसैलाई चलाउन लगाएर फेसबुकबाट राजावदी उचालिरहेका छन् ।

उनैलाई चैत १४ गते निर्मल निवासमा बोलाएका पूर्वाराजा ज्ञानेन्द्र शाहविरुद्ध काठमाडौंका मेयर बालेन्द्र साहले ७ लाख ९३ हजारको जरिवाना पूर्जा काटेका छन् । भलै ज्ञानेन्द्रले तिर्न अटेर गरेका छन् । सुरूमा आफूलाई बहादुर भन्ने उनै प्रसाईं एकसाथ कयौँ मानिसलाई विवादको दलदलमा हालेर आफू भने अलप भएका छन्, भागेका छन् ।

उनकै आन्दोलनमा जाँदा रवीन्द्र मिश्रसहितको हातमा हतकडी लागेको छ । सांसद धवल शमशेर राणासमेत हिरासतमा छन् । यति बेला प्रसाईं मुसो दुलामा पसे जस्तै गायब भएका छन् । तीनकुनेको सटरबाट निस्केर कुलेलम ठोकेका उनी कहाँ लुके कसैलाई पत्तो छैन । राजावादी आन्दोलनलाई अलपत्र पार्दै एकसाथ कयौँ शक्ति केन्द्र र मानिसलाई विवादमा तानेका उनै सदाबहार विवादित पात्र भागेको त्यही सन्दर्भलाई यहाँ प्रस्तुत गरिएको कार्टुनले कटाक्ष गर्न खोजेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : ०७ बजे

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर

गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा