ट्राफिक प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार प्रशिक्षण « Khabarhub

ट्राफिक प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार प्रशिक्षण


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

भैरहवा – जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले अग्नि नियन्त्रण र उद्धारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय भैरहवासँगको समन्वयमा अग्नि नियन्त्रण तथा उद्धारका लागि सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण गरिएको हो ।

“विपद् जोखिम तथा व्यवस्थापन एउटा आपत्कालीन विषय हो । प्राकृतिक र गैरप्राकृतिक विपद्का रूपमा हुने आगलागीलाई नियन्त्रणका साथै उद्धारका उपायका विषयमा प्रशिक्षण गरिएको हो”, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले भने । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई विपद्को समयमा राहत तथा उद्धार कार्यमा दक्ष बनाउने रहेको उनको भनाइ छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन वारुणयन्त्रसम्बन्धी विज्ञ प्रेमबहादुर चन्दले प्रशिक्षार्थीलाई आगलागीको समयमा अग्नि नियन्त्रण गर्ने उपायका साथै उद्धारका सैद्धान्तिक र प्रयोेगात्मक विषयमा प्रशिक्षण गर्नुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले आन्तरिक वा बाहिर क्षेत्रमा आकस्मिक आगलागी भएमा अग्नि नियन्त्रणका लागि कस्ता सामग्रीको कसरी प्रयोग गर्ने र निभाउने भन्नेबारे उहाँले जानकारीसहित प्रस्तुति दिएका थिए ।

कार्यक्रममा आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गर्नुका साथै आगलागी भएमा कसरी निभाउने भन्ने विधि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यासका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ३० जना प्रहरीको सहभागितामा तालिम सञ्चालन गरिएकोे नागरिक उड्डयन कार्यालय भैरहवाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : ४० बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार