रविलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी « Khabarhub

रविलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पाटीं (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको छ । उच्च अदालत तुलसीपुरले थुनामा पठाउने आदेश दिएसँगै उनलाई पक्राउ गर्न प्रहरी घरमै पुगेको हो ।

रास्वपा स्रोतका अनुसार केही साधा पोशाकमा र केही ड्युटीमै खटिएका प्रहरीहरू अहिले उनको घर पुगेका छन्।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको हो ।

यता रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत एक स्टाटस लेख्दै आफूले आजै गिरफ्तारी दिने बताउँदै भोलिका लागि तय भएको चितवनको भेला नरोक्न नेताहरुलाई निेर्दशन दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु । म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : २८ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय