वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ : मन्त्री शाही | Khabarhub Khabarhub

वायु प्रदूषण न्यूनीकरण गर्न सरकार प्रयासरत छ : मन्त्री शाही


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पछिल्लो समयमा भइरहेको वायु प्रदूषण न्यूनीकरण गर्ने प्रयास भइरहेको बताएका छन् ।

वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्काल घोषणा गरी तत्काल न्यूनीकरणका उपाय कार्यान्वयन गर्नुपर्ने माग गर्दै महिला पुनःस्थापना केन्द्र (ओरेक) ले आज हस्तान्तरण गरेको ज्ञापनपत्र बुझ्दै उनले काठमाडौँ उपत्यकामा विगत एक सातादेखि देखिएको वायु प्रदूषण हटाउन सरकारले योजनाबद्ध रूपमा पहल गरिरहेको उल्लेख गरे ।

ओरकले अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक–उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र सहरी हरियालीको विस्तारसम्बन्धी नीति, दिगो समाधानका लागि लगानी गर्नुपर्ने र वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौँको वायु गुणस्तर सूचकाङ्क ९एक्युआइ०ले निरन्तर रूपमा ‘अति अस्वस्थकर’ सीमा नाघेको र यहाँको वातावरणीय अवस्था पटकपटक ‘खतरनाक’ स्तरमा पुगेको ओरेकको भनाइ छ । “यसले सम्पूर्ण नागरिक, विशेषगरी महिला, बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमा र ज्येष्ठ नागरिक र सडकपेटीमा रहेर श्रम गर्ने श्रमिकमा गम्भीर स्वास्थ्य जोखिम सृजना गरेको गरेको छ”, ओरेकले भनेको छ ।

ओरेकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १० : १५ बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र