आज २०८२ साल वैशाख २१ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख २१ गते आइतबारको राशिफल


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख २१ गते आइतबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे ४ तारिख। रवि सप्तमी व्रत। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। राजनीतिक घेराबन्दी हुनसक्छ। काम गर्दा सचेत बन्नुपर्नेछ। अनुत्पादित क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ। मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ।

वृष : दिन सामान्य राम्रो छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। निजी क्षेत्रमा शिक्षाको लगानीबाट आम्दानी बढ्नेछ। व्यापारमा घाटा हुने जोखिम छ।

मिथुन : दिन राम्रो छ। धनस्थानमा चन्द्रमा पुगेकाले धनलक्ष्मी योगको सदुपयोग गर्नुपर्नेछ। राज्यका तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा रमाइलो घेटघाट हुनेछ।

कर्कट : आफ्नै राशिमा चन्द्रमा रहेकाले मन शान्त बन्नेछ। स्वास्थ्यको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा बहुआयामीक क्षेत्रको लगानी फस्टाउने छ। संकटमा परिवारको साथ मिल्नेछ।

सिंह : शनिको प्रभावले हरेक काममा अवरोध सिर्जना हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।

कन्या : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक कामबाट नाफा हुनेछ। परिवारमा रमाइलो भेटघाट तय हुनेछ। स्वास्थ्यमा ख्याल गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : स्वास्थ्य र शिक्षा दुवै क्षेत्रमा सफलता मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। शिक्षक भए विद्यार्थीले प्रशंसा गर्नेछन्। राज्यमा गरेको योगदानको प्रशंसा हुनेछ।

वृश्चिक : मुल त्रिकोणमा शुभ ग्रह बसेका छन्। शिक्षाको क्षेत्रमा उपलब्धि हात लाग्नेछ। साथीलेसमेत तपाईंको कामको प्रशंसा गर्नेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। साना कुराले मनमा खटपटी बढ्नेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारले तपाईंको काममा प्रश्न गर्ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुनेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको लगानीबाट फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने दिन छ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। स्वास्थ्यमा संकट आइपर्ने जोखिम छ। विपक्षी साथीले तपाईंका विरुद्धमा आवाज उठाउने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। एकल भन्दा संयुक्त लगानी गर्नु उचित हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ०२ बजे

दीपेन्द्र ऐरीको इतिहास र सोमपालको कमब्याक : नेपालले विश्वकपमा भेट्यो सान्त्वना जित

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै

सन् २०२६ को मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि डा. विकास गौचन छनोट 

काठमाडौं- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. विकास गौचन दक्षिण

बङ्गलादेशका प्रधानमन्त्री रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा

ढाका– भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय

सलमान खानका पिता सलीम खान भेन्टिलेटरमा

काठमाडौं– बलिउड अभिनेता सलमान खानका पिता, प्रसिद्ध कथा–पटकथा लेखक सलीम