चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसिबी शीर्ष स्थानमा : सेफर्डले बनाए १४ बलमा अर्धशतक « Khabarhub

चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसिबी शीर्ष स्थानमा : सेफर्डले बनाए १४ बलमा अर्धशतक


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। सनसनी पूर्ण खेलमा चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसिबी १६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो।

शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो।
चेन्नईका लागि अन्तिम ओभरमा १५ रन आवश्यक रहेको समयमा सुरुवाती तीन बलमा यस दयालले दुई रन दिएर महेन्द्र सिंह धोनीको विकेट लिएका थिए।

तीन बलमा १३ रन चाहिएको अवस्थामा पहिलो बलमा नै शिवम दुवेले छक्का प्रहार गरेका थिए। उनले छक्का प्रहार गरेको बल नोबल थियो। अब चेन्नईको जितका लागि तीन बलमा ६ रन आवश्यक थियो भने फ्रिहिटको अवसर समेत चेन्नईलाई थियो। त्यस पछिको तीन बलमा पनि दयालले तीन रन मात्र खर्चिए। सनसनीपूर्ण अन्तिम ओभरमा चेन्नई चुक्दा आरसिबीले दुई रनको जित निकालेको हो।

चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रनको योगदान गरे। ४८ बलको सामना गरेका उनले ९ चौका र पाँ छक्का प्रहार गरे। रविन्द्र जडेजाले अविजित रहँदै ४५ बलमा ७७ रन जोडे। आरसिबीका लुङ्गी एनगीडीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले पाँच विकेटको क्षतीमा २१३ रन जोडेको हो। बंगलोरका ज्याकोब बेथेल, विराट कोहली र रोमारियो सेफर्डले अर्धशतक प्रहार गरे। सेफर्डले १४ बलमा अविजित ५३ रन प्रहार गरे। उनले ६ छक्का र ४ चौका हिर्काएका थिए। उनले खालेल अहमदको एकै ओभरमा ३३ रन प्रहार गरेका थिए। आरसिबीले अन्तिम दुई ओभरमा ५१ रन जोडेको हो।

आरसिबीका लागि बेथेल र कोहलीले पावर प्लेमा कुनै विकेट नगुमाई ७१ रन जोडेका थिए। कोहलीले ६२ तथा बेथेलले ५५ रन जोडे। चेन्नाइका माथेस पाथिरनाले तीन विकेट लिए। तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा छ। चेन्नई भने चार अङ्कसहित पुछारमा छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ४१ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको