चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसिबी शीर्ष स्थानमा : सेफर्डले बनाए १४ बलमा अर्धशतक « Khabarhub

चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसिबी शीर्ष स्थानमा : सेफर्डले बनाए १४ बलमा अर्धशतक


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ। सनसनी पूर्ण खेलमा चेन्नई सुपर किङलाई दुई रनले हराउँदै आरसिबी १६ अंकका साथ शीर्ष स्थानमा पुगेको हो।

शनिबार भएको खेलमा २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २११ रन मात्र जोडेको हो।
चेन्नईका लागि अन्तिम ओभरमा १५ रन आवश्यक रहेको समयमा सुरुवाती तीन बलमा यस दयालले दुई रन दिएर महेन्द्र सिंह धोनीको विकेट लिएका थिए।

तीन बलमा १३ रन चाहिएको अवस्थामा पहिलो बलमा नै शिवम दुवेले छक्का प्रहार गरेका थिए। उनले छक्का प्रहार गरेको बल नोबल थियो। अब चेन्नईको जितका लागि तीन बलमा ६ रन आवश्यक थियो भने फ्रिहिटको अवसर समेत चेन्नईलाई थियो। त्यस पछिको तीन बलमा पनि दयालले तीन रन मात्र खर्चिए। सनसनीपूर्ण अन्तिम ओभरमा चेन्नई चुक्दा आरसिबीले दुई रनको जित निकालेको हो।

चेन्नईका लागि आयु मन्थ्रेले सर्वाधिक ९४ रनको योगदान गरे। ४८ बलको सामना गरेका उनले ९ चौका र पाँ छक्का प्रहार गरे। रविन्द्र जडेजाले अविजित रहँदै ४५ बलमा ७७ रन जोडे। आरसिबीका लुङ्गी एनगीडीले चार ओभरमा ३० रन खर्चेर तीन विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले पाँच विकेटको क्षतीमा २१३ रन जोडेको हो। बंगलोरका ज्याकोब बेथेल, विराट कोहली र रोमारियो सेफर्डले अर्धशतक प्रहार गरे। सेफर्डले १४ बलमा अविजित ५३ रन प्रहार गरे। उनले ६ छक्का र ४ चौका हिर्काएका थिए। उनले खालेल अहमदको एकै ओभरमा ३३ रन प्रहार गरेका थिए। आरसिबीले अन्तिम दुई ओभरमा ५१ रन जोडेको हो।

आरसिबीका लागि बेथेल र कोहलीले पावर प्लेमा कुनै विकेट नगुमाई ७१ रन जोडेका थिए। कोहलीले ६२ तथा बेथेलले ५५ रन जोडे। चेन्नाइका माथेस पाथिरनाले तीन विकेट लिए। तालिकामा आरसिबी १६ अंक सहित शीर्ष स्थानमा छ। चेन्नई भने चार अङ्कसहित पुछारमा छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ४१ बजे

डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन वेस स्थापना

काठमाडौं– डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद्

अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई सेतो पुर्जा दिने

महोत्तरी– बर्दिवास नगर क्षेत्रका १० हजार २९८ जना अव्यवस्थित बसोबासी

हिरासतमा श्रीकृष्णको मृत्युबारे गृहमन्त्रीको जवाफ : प्रहरीले कुटपिट गरेको देखिएन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन

चिडियाखानामा पनि बर्डफ्लू देखिएपछि…

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लु संक्रमण

चलचित्र समाजको सामूहिक स्मृति र सांस्कृतिक पहिचान हो : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको