काठमाडौं उपत्यकासहित पहाडी भूभागमा बिहानैदेखि वर्षा « Khabarhub

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा बिहानैदेखि वर्षा


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भूभागमा वर्षा भइरहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । देशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका केही स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २५ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि