बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का « Khabarhub

बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सर्लाही– उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरले अहिलेसम्मकै बढी मूल्यमा लिची बिक्रीको ठेक्का लगाएको छ । बागवानी केन्द्रका अनुसार यस वर्ष उत्पादन भएको लिची बागवानीले २८ लाख २५ हजार रुपैयाँमा ठेक्का लगाएको हो ।

केन्द्रले बागवानीमा रहेको लिची बिक्रीका लागि गत चैत २७ गते न्यूनतम २५ लाख ५१ हजार बिक्री मूल्य राखेर सूचना प्रकाशित गरेको थियो । सूचनाअनुसार दर्ता हुन आएका निवेदनमध्ये हरिवन नगरपालिका– ७ स्थित नर्वदा सप्लायर्सले उक्त मूल्यमा लिचीको ठेक्का सकारेको हो ।

‘यसपटक बागवानीको लिची अहिलेसम्मकै बढी मूल्यमा बिक्री गरेर राजस्व हासिल गर्न सफल भएका छौँ’, केन्द्रका प्रमुख रामकुमार यादवले भने, ‘पछिल्ला वर्षमा बागवानीको उत्पादनसँगै राजस्व पनि बढेको छ ।’

बागवानी र ठेक्का प्रक्रिया दुवै व्यवस्थित हुँदा राजस्व बढेको उनको भनाइ छ । केन्द्रको ८.५ हेक्टर क्षेत्रफलमा छ सय २१ बोट लिचीखेती गरिएको छ । गत वर्ष २७ लाख १५ हजारमा ठेक्का लागेको लिची, उत्पादन बढ्दा यस वर्ष ठेक्का मूल्य पनि बढेको उनको भनाइ छ । बागवानीमा नौवटा जातका लिची उत्पादन हुँदै आएको छन् ।

यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ । न्यूनतम बिक्री मूल्य ७१ लाख ११ हजार कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिए । आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ । करिब एक सय बिघामा गरिएको आँपखेतीमा छ हजार रूख छन् । त्यसमध्ये बर्सेनि तीन हजार ५०० बढी रूखले फल दिने गरेको छ ।

यहाँको आँप गत वर्ष २१ लाखमा ठेक्का लागेको थियो । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताए । ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : १९ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,