सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको कारोबारको पहिलो दिन आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८४ हजार १०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज एक तोला चाँदी एक हजार ९१० रुपैयाँमा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ । 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : १७ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई