साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव « Khabarhub

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई  सुझाव दिएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा नेपाल व्यवस्थापक संघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू (एएमइज) को योगदान ठूलो रहे पनि ती उद्योगहरू प्रवर्द्धन हुन नसकेको बताए । उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको समेत बताए ।

देशको अर्थतन्त्र चलायमान हुन पूर्वाधार विकास अपरिहार्य भए पनि तदनुरूप पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न तथा ती विमानस्थलबाट आन्तरिक कनेक्टिभिटी गराउन सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालमा ४० प्रतिशत बढि अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख गर्दै अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताए । उनले सरकारले नीति तथा कार्यक्रममा रोजगार दशक घोषणा गर्ने कार्यक्रम ल्याएकोमा त्यसलाई औद्योगिकरणको दशक बनाउन सुझाव दिए ।

देशबाट युवाहरु पलायन भइरहेको अवस्थामा देशमा औद्योगिक विकास र अवसर सिर्जना गर्न सके युवा पलायन रोक्न सकिने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : २८ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक