साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव « Khabarhub

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सुझाव


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्योग प्रवर्द्धन गर्ने बजेट ल्याउन सरकारलाई  सुझाव दिएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितमा नेपाल व्यवस्थापक संघले आइतबार काठमाडौंमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रमा साना तथा मझौला उद्योगहरू (एएमइज) को योगदान ठूलो रहे पनि ती उद्योगहरू प्रवर्द्धन हुन नसकेको बताए । उनले बलियो सरकार बनेको अवस्थामा निजी क्षेत्रले नीतिगत स्थायित्वको अपेक्षा गरेको समेत बताए ।

देशको अर्थतन्त्र चलायमान हुन पूर्वाधार विकास अपरिहार्य भए पनि तदनुरूप पूर्वाधारको विकास हुन नसकेको उल्लेख गर्दै उनले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन गर्न तथा ती विमानस्थलबाट आन्तरिक कनेक्टिभिटी गराउन सरकारको ध्यानाकर्षण गराए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालमा ४० प्रतिशत बढि अनौपचारिक अर्थतन्त्र रहेको उल्लेख गर्दै अनौपचारिक अर्थतन्त्र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नु पर्ने बताए । उनले सरकारले नीति तथा कार्यक्रममा रोजगार दशक घोषणा गर्ने कार्यक्रम ल्याएकोमा त्यसलाई औद्योगिकरणको दशक बनाउन सुझाव दिए ।

देशबाट युवाहरु पलायन भइरहेको अवस्थामा देशमा औद्योगिक विकास र अवसर सिर्जना गर्न सके युवा पलायन रोक्न सकिने बताए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १२ : २८ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट