रवीन्द्र मिश्रसहितलाई छाड्न माग गर्दै ललितपुरमा राप्रपाको रिले अनशन, विक्रम पाण्डे पनि पुगे « Khabarhub

रवीन्द्र मिश्रसहितलाई छाड्न माग गर्दै ललितपुरमा राप्रपाको रिले अनशन, विक्रम पाण्डे पनि पुगे


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

ललितपुर – वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका बन्दीहरूको बिनासर्त रिहाइ माग गर्दै जारी रहेको रिले अनसनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डले ऐक्यवद्धता जनाएका छन् ।

रिले अनसनप्रति समर्थन जनाउन प्रतिनिधिसभा सदस्य पाण्डे आइतबार जावलाखेल पुगेका हुन् । रिले अनसनका सहभागीलाई पाण्डेले भेटेर आस्थाका बन्दीको रिहाई र मानवअधिकारको सम्मान हुनुपर्ने बताए ।

रिले अनसन आइतबार तेस्रो दिनमा प्रवेश गरेको छ । आयोजकका अनुसार, सरकारले झुटा मुद्दामा थुनामा राखेकाहरू नछुटेसम्म अनसन जारी रहने छ ।

अनसनमा बसेकाले आस्थाका बन्दी रिहाइ गर, मानव अधिकारको सम्मान गर, हिन्दु अधिराज्य कायम गर, राजसंस्था पुनस्थापना गर जस्ता नारा लगाएका छन् ।

यसैगरी अनसनमा गत चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा मारिएका सुरेश रजक र सविन महर्जनप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ०१ बजे

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका