रविलाई जेलमा भेटेपछि हृदयशले भने- उच्च मनोबलसहित न्याय कुरिरहेको पाएँ « Khabarhub

रविलाई जेलमा भेटेपछि हृदयशले भने- उच्च मनोबलसहित न्याय कुरिरहेको पाएँ


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले जिल्ला कारागार कार्यालय रूपन्देहीमा जेल जीवन बिताइरहेहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा गत चैत २२ गते उच्च अदालत दाङको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रवि भैरहवा कारागारमा छन् ।

पूर्वमन्त्रीसमेत रहेका त्रिपाठी लामिछानेलाई भेट्न शनिबार भैरहवा कारागार पुगेका थिए । रविलाई भेटेपछि त्रिपाठीले सञ्चारकर्मीलाई प्रतिक्रियासमेत दिए ।

उनले रवि अहिले उच्च मनोबलसहित न्यायको पर्खाइमा रहेको बताएका छन् । ‘खुङ्खार सहकारी ठगहरू सत्ताको संरक्षणमा अनुसन्धानको घेराबाहिर घुमिरहेका छन्’, उनले भने, ‘सत्ताधारीले लामिछानेको विषय चर्चामा ल्याएर आफ्नो कुर्सी जोगाउने काम गरिरहेका छन् ।’

त्रिपाठिले रवि उच्च मनोबल लिएर न्यायको पर्खाइमा रहेको पनि बताएका छन् । ‘रविजी उच्च मनोबलसहित न्यायको पर्खाइमा रहेको पाएँ सहकारी अपचलनका खुंखार अपराधीहरू सत्ताको संरक्षकणमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीबारे चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा ढिलो भए पनि रविले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘भाइ देर है, अन्धेर नहिँ- चेतना भया,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : १४ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल