रविलाई जेलमा भेटेपछि हृदयशले भने- उच्च मनोबलसहित न्याय कुरिरहेको पाएँ « Khabarhub

रविलाई जेलमा भेटेपछि हृदयशले भने- उच्च मनोबलसहित न्याय कुरिरहेको पाएँ


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


813
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले जिल्ला कारागार कार्यालय रूपन्देहीमा जेल जीवन बिताइरहेहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा गत चैत २२ गते उच्च अदालत दाङको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि रवि भैरहवा कारागारमा छन् ।

पूर्वमन्त्रीसमेत रहेका त्रिपाठी लामिछानेलाई भेट्न शनिबार भैरहवा कारागार पुगेका थिए । रविलाई भेटेपछि त्रिपाठीले सञ्चारकर्मीलाई प्रतिक्रियासमेत दिए ।

उनले रवि अहिले उच्च मनोबलसहित न्यायको पर्खाइमा रहेको बताएका छन् । ‘खुङ्खार सहकारी ठगहरू सत्ताको संरक्षणमा अनुसन्धानको घेराबाहिर घुमिरहेका छन्’, उनले भने, ‘सत्ताधारीले लामिछानेको विषय चर्चामा ल्याएर आफ्नो कुर्सी जोगाउने काम गरिरहेका छन् ।’

त्रिपाठिले रवि उच्च मनोबल लिएर न्यायको पर्खाइमा रहेको पनि बताएका छन् । ‘रविजी उच्च मनोबलसहित न्यायको पर्खाइमा रहेको पाएँ सहकारी अपचलनका खुंखार अपराधीहरू सत्ताको संरक्षकणमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीबारे चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा ढिलो भए पनि रविले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । ‘भाइ देर है, अन्धेर नहिँ- चेतना भया,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : १४ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा