लामाले जिते ‘कार्ल्सबर्गको कोपनहेगन ट्रीप’  « Khabarhub

लामाले जिते ‘कार्ल्सबर्गको कोपनहेगन ट्रीप’ 


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्ल्सबर्गको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस एकदिवसीय गल्फ प्रतियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् ।

प्रतियोगिताका विजेताहरूलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।

‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता-२०२५ का विजेतामा ४२ अंकसहित फुन्टसोक एन लामा रहेका छन् । लामाले डेनमार्कको कोपनहेगनस्थित कार्ल्सबर्ग ब्रुअरीको ट्रीप पनि पुरस्कार स्वरूप पाए ।

त्यस्तै ४१ अंकसहित बेस्ट ग्रसको उपाधि टाशी छिरिङले जितेका छन् भने ४० अंकसहित नामग्याल टि लामाले रनरअपको उपाधि जिते ।

त्यसैगरी महिला तर्फ गीता गुरुङले २५ अंकसहित विजेता बनेकी छन् भने सिनियर तर्फ ३३ अंक सहित अर्जुन कुमार कार्की विजयी भए । त्यस्तै सुस्मिता खड्का महिलातर्फ उपविजेता बनेकी थिइन् । त्यसैगरी छेवाङ शेर्पाले ‘ कोल्जेस्ट टु द पिन’ अवार्ड जिते भने प्रकाश गुरुङले ‘लङगेस्ट ड्राइभ’को उपाधि जितेका थिए ।

त्यसैगरी मोस्ट बर्डिजको उपाधि ५ वर्डिज र एक इगलसहित फुन्टसोक नोर्बु लामाले जितेका थिए । सबै विजेताहरूलाई ट्रफी र कर्ल्सबर्गको तर्फबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : १२ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित