सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने | Khabarhub Khabarhub

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले बुझाएको प्रतिवेदन अध्ययनका निम्ति सदस्यहरूलाई वितरण गरेको छ । आउँदो बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गर्ने निर्णयसमेत गरिएको छ ।

समिति सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले भैरहवा विमानस्थलका सम्बन्धमा गठित उपसमिति संयोजक योगेश भट्टराई सो समितिमा नबस्ने घोषणापछि नयाँ संयोजक चयन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिने निर्णय गरेको छ । 

ती दुवै विमानस्थल निर्माणमा अनियमितता र आर्थिक अपचलन भएको भन्ने समितिमा उजुरी परेपछि अध्ययन उपसमिति गठन गरी छानबिन गरिएको थियो । त्यस क्रममा पोखराका लागि समिति सदस्य राजेन्द्र लिङदेन र भैरहवाका लागि भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रही काम गरेको हुनाले उपसमितिको संयोजकबाट अलग भएर छानबिनमा सहयोग गर्नुपर्छ भनेर प्रश्न उठाइएपछि भट्टराईले संयोजकबाट अलग रहने घोषणा गरेका थिए ।

बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन तयार गरी यही महिनाभित्र संसद्मा पेस गर्ने तथा त्यसका लागि आजसम्म उपसमितिहरूले तयार पारेका प्रतिवेदनलाई अनुमोदन गर्ने निर्णय गरेको सभापति पोखरलले जानकारी दिए । 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ५७ बजे

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रबाट पाँच जना प्रहरी अपहरण

क्वेटा – पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले

आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

तनहुँ – तनहुँ ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका

‘ऊनको स्वीटर’ : ट्रेलरमा ‘जारी’को झल्को, विपिन भन्छन्– करिअरको उत्कृष्ट फिल्म

काठमाडौं – म्युजिक भिडियो निर्देशनमा स्थापित नवीन चौहानले आफ्नो परिचयन