शनिबारदेखि बेपत्ता प्रेमा जंगलमा मृत भेटिइन्, प्रहरी भन्छ- घटना शंकास्पद « Khabarhub

शनिबारदेखि बेपत्ता प्रेमा जंगलमा मृत भेटिइन्, प्रहरी भन्छ- घटना शंकास्पद


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–१२, को झिगंना नजिकै रहेको जङ्गलमा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । उनी सुर्खेत गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओली रहेको प्रहरीले जनाएको छ ।

जङ्गलको खोल्सामा प्रेमाको शव देखेर आइतबार बिहान १० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्रजङ्ग बुढाथापाले बताए । 

‘बुझ्दै जाँदा शवको पहिचान खुले पनि कारण पत्ता लगाउन सकिएको छैन,’ उनले भने,‘घटनाको अनुसन्धानका लागि बाँकेबाट तालिम प्राप्त कुकुर ल्याइएको छ ।’

ओली शनिबारदेखि हराएकी आफन्तले बताएका छन् । घटना रहस्यमय देखिएपछि अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगञ्जबाट कुकुरसहितको टोलीसमेत घटनास्थलमा पुगेको छ ।

शवको प्रकृति हेर्दा शंका गर्ने ठाउँ देखिएकाले गम्भीर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २० बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित