एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए « Khabarhub

एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरू विस्तारै कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।

आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको निष्कर्ष निकालेको हो ।

एमालेले स्थिरतालाई खलबल्याउने प्रयासहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

गत फागुन २५ गतेदेखि उकालो लागेको राजावादी आन्दोलन काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सुस्ताएको सन्दर्भमा एमालेको यस्तो निष्कर्ष आएको हो ।

ज्ञवालीले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामर्थ्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको बताएका छन् ।

यस्तै बैठकले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ ।

नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरूले दिएको ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगायतमा ध्यान दिनुपर्ने सुझाव आएको उनले बताएका छन् ।

स्रोतको अधिकतम् ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे । बैठकले सरकारले शिक्षक र चिकित्सकहरूसँग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ४७ बजे

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने