एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए « Khabarhub

एमालेको निष्कर्ष- राजावादीहरू गल्दै गए, व्यवस्थाविरुद्धका प्रयास पनि कमजोर भए


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा एमालेले राजनीतिक स्थिरता खलबल्याउने प्रयासहरू विस्तारै कमजोर हुँदै गएको निष्कर्ष निकालेको छ ।

आइतबार ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले मुलुक मूलतः राजनीतिक स्थायित्व र नीतिगत स्थिरताको बाटोमा अघि बढेको निष्कर्ष निकालेको हो ।

एमालेले स्थिरतालाई खलबल्याउने प्रयासहरू कमजोर हुँदै गएको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

गत फागुन २५ गतेदेखि उकालो लागेको राजावादी आन्दोलन काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सुस्ताएको सन्दर्भमा एमालेको यस्तो निष्कर्ष आएको हो ।

ज्ञवालीले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति निर्माण गर्न पार्टीका सम्पूर्ण ऊर्जा र सामर्थ्यलाई एकतावद्ध गर्दै अघि बढ्ने निर्णय गरेको बताएका छन् ।

यस्तै बैठकले सरकारको नीति तथा कार्यक्रम विगतको भन्दा चुस्त, व्यवस्थित र दिशानिर्देशको हिसाबले सही रहेको निष्कर्ष निकालेको छ ।

नीति कार्यक्रम जस्तै आगामी बजेट ठोस र परिणाममुखी हुनुपर्ने सुझाव पदाधिकारी सदस्यहरूले दिएको ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्ने, योजनाको प्राथमिकीकरण, कृषि क्षेत्रको आत्मनिर्भर लगायतमा ध्यान दिनुपर्ने सुझाव आएको उनले बताएका छन् ।

स्रोतको अधिकतम् ध्यानमा राखेर बजेट ल्याउन पनि सुझाव दिइएको ज्ञवालीले उल्लेख गरे । बैठकले सरकारले शिक्षक र चिकित्सकहरूसँग गरेको सहमतिको स्वागत गर्दै सरकारलाई धन्यवाद दिने निर्णय गरेको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ४७ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४