कोलकाताविरुद्ध रियान परागले हाने लगातार ६ छक्का | Khabarhub Khabarhub

कोलकाताविरुद्ध रियान परागले हाने लगातार ६ छक्का


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को ५३औँ खेलमा राजस्थान रोयल्सलाई २०७ रनको लक्ष्य दिएको छ।

कोलकताले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। कोलकाताले आईपीएलमा २९औं पटक २०० भन्दा बढी रन बनाएको हो।

जवाफी पारीमा राजस्थानले १७ ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाइसकेको छ। रियान पराग र शुभम दुबे क्रिजमा छन्।

रियान परागले लगातार ६ बलमा ६ छक्का हाने। उनले मोइन अलीको ओभरमा ५ र वरुण चक्रवर्तीको ओभरमा छैटौँ छक्का हाने। उनी आईपीएल इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याटर बनेका छन्।

शिमरोन हेटमायर (२९ रन) लाई हर्षित राणाले आउट गरे। वरुण चक्रवर्तीले वनिन्दु हसरंगा र ध्रुव जुरेललाई शून्यमा आउट गरे। मोइन अलीले यशस्वी जयसवाल (३४ रन) र डेब्यू खेलिरहेका कुनाल सिंह राठौर (शून्य) का विकेट लिए।

वैभव सूर्यवंशी (४ रन) लाई वैभव अरोडाले रहाणेको हातबाट क्याच गराए। अरोडाले यो १८औँ पटक बायाँहाते ब्याट्सम्यानलाई आउट गरेका हुन्।

केकेआरका तर्फबाट आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र ४ चौका हाने। रिंकू सिंह ६ बलमा १९ रन बनाएर अविजित रहे।

यी दुईबाहेक, अंगकृष रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए। जोफ्रा आर्चर, युद्धवीर सिंह, महीश तीक्षणा र कप्तान रियान परागले एक-एक विकेट लिए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : १८ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति