राजस्थानविरुद्ध कोलकाता १ रनले विजयी, प्लेअफ सम्भावना जीवितै « Khabarhub

राजस्थानविरुद्ध कोलकाता १ रनले विजयी, प्लेअफ सम्भावना जीवितै


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

कोलकाता- कोलकाता नाइट राइडर्सले आईपीएलको आइतबार भएको ५३औं खेलमा राजस्थान रोयल्सविरुद्ध १ रनको रोमाञ्चक जित निकालेको छ । यससँगै उसको प्लेअफको आशा कायमै छ ।

कोलकाताले आफ्नो घरेलु मैदानमा टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। जवाफमा राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाउन सक्यो ।

उता जवाफी ब्याटिङ गरेको पाहुना टोलीलाई अन्तिम बलमा जितका लागि ३ रन चाहिएको थियो, तर शुभम दुबेले २ रन मात्र बनाउन सके। नन-स्ट्राइकमा रहेका जोफ्रा आर्चर रनआउट भए।

राजस्थानतर्फ कप्तान रियान परागले ४५ बलमा ९५ रन बनाए। उनले लगातार ६ बलमा ६ छक्का हाने। उनले मोइन अलीको ओभरमा ५ र वरुण चक्रवर्तीको ओभरमा छैटौं छक्का प्रहार गरे।

उनी आईपीएल इतिहासमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याटर बने। परागबाहेक, यशस्वी जायसवालले ३४, शिमरोन हेटमायरले २९ र शुभम दुबेले अविजित २५ रन बनाए। मोइन अली, हर्षित राणा र वरुण चक्रवर्तीले २–२ विकेट लिए।

केकेरआरका तर्फबाट आन्द्रे रसेलले २५ बलमा ५७ रन बनाएर अविजित रहे। उनले ६ छक्का र ४ चौका हाने।

रिंकू सिंह ६ बलमा १९ रन बनाएर अविजित रहे। यी दुईबाहेक, अंगकृष रघुवंशीले ४४, रहमानुल्लाह गुरबाजले ३५ र कप्तान अजिंक्य रहाणेले ३० रनको योगदान दिए।

जोफ्रा आर्चर, युद्धवीर सिंह, महीश तीक्षणा र कप्तान रियान परागले एक–एक विकेट लिए।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : १२ बजे

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं– आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम