आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य « Khabarhub

आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्टस्लाई जितका लागि २३७ रनको विशाल लक्ष्य दिएको छ ।

हिमाचल प्रदेश क्रिकेट संघ रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चालबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३६ रन बनायो ।

उसका लागि प्रभसिमरन सिंह ९१ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र सात छक्का प्रहार गरे । त्यस्तै कप्तान श्रेयस अय्यरले २५ बलमा ४ चौका र २ छक्कासहित ४५ रन बनाए । यता शशांक सिंहले ३३,जोस इंग्लिसले ३०, नेहल वधेराले १६ रन बनाए ।

लखनउका लागि दिग्वेश राठी र आकाश सिंहले समान २ विकेट लिए । प्रिन्सं यादवको नाममा एक विकेट रह्यो ।

लखनउ र पञ्जाब दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना कायमै रहेका कारण दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ । पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ भने लखनउ सातौं स्थानमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ९ : ३५ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित