ठूलो पर्दाबाट बिदा हुन लागेका हुन् ‘थोर’ ? « Khabarhub

ठूलो पर्दाबाट बिदा हुन लागेका हुन् ‘थोर’ ?


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) का चर्चित पात्र ‘थोर’ले अब ठूलो पर्दाबाट बिदा हुन लागेको चर्चा चल्न थालेको छ ।

एमसीयूको नयाँ फिल्म ‘एभेन्जर्स: डूम्सडे’ सन् २०२६ मा प्रदर्शनमा आउने बताइएको छ । यो नै ‘थोर’को अन्तिम फिल्म हुने चर्चा छ ।

हलिउड नायक क्रिस हेम्सवर्थले ‘थोर’को भूमिका निर्वाह गर्दै आएका थिए । क्रिसले सामाजिक सञ्जालमा छोडेको एक सन्देशका कारण थोरको ठूलो पर्दाको यात्रा समाप्त हुने लागेको चर्चा सतहमा आएको हो ।

उनले सामाजिक एक पुरानो भिडियो रि-सेयर गर्दै लेखेका छन्, ‘थोरप्रति तपाईंहरूको अथाह माया बिना यो सम्भव नै हुने थिएन। तपाईंहरूका लागि म केबल पात्र मात्र होइन, एक भावना बनेँ । यो अविश्वसनीय यात्राको हिस्सा बनेर मलाई थोर बन्न दिएकोमा धन्यवाद ।’

फ्यानहरुले थोरको यात्रा टुङ्गिने भएकाले क्रिसले यो सन्देश छोडेको भन्ने रुपमा ग्रहण गरेका छन् । उनको भवानात्मक सन्देशले पनि यही संकेत गर्छ ।

क्रिसले सन् २००९ देखि थोरको भूमिका निर्वाह गर्दै आएका थिए । ‘एभेन्जर्स : डूम्सडे’को छायाङ्कन अहिले बेलायतमा हुँदैछ । यसको निर्देशक जो र एन्थोनी रुसो (रुसो ब्रदर्स) हुन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १२ : १९ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने