ठूलो पर्दाबाट बिदा हुन लागेका हुन् ‘थोर’ ? « Khabarhub

ठूलो पर्दाबाट बिदा हुन लागेका हुन् ‘थोर’ ?


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) का चर्चित पात्र ‘थोर’ले अब ठूलो पर्दाबाट बिदा हुन लागेको चर्चा चल्न थालेको छ ।

एमसीयूको नयाँ फिल्म ‘एभेन्जर्स: डूम्सडे’ सन् २०२६ मा प्रदर्शनमा आउने बताइएको छ । यो नै ‘थोर’को अन्तिम फिल्म हुने चर्चा छ ।

हलिउड नायक क्रिस हेम्सवर्थले ‘थोर’को भूमिका निर्वाह गर्दै आएका थिए । क्रिसले सामाजिक सञ्जालमा छोडेको एक सन्देशका कारण थोरको ठूलो पर्दाको यात्रा समाप्त हुने लागेको चर्चा सतहमा आएको हो ।

उनले सामाजिक एक पुरानो भिडियो रि-सेयर गर्दै लेखेका छन्, ‘थोरप्रति तपाईंहरूको अथाह माया बिना यो सम्भव नै हुने थिएन। तपाईंहरूका लागि म केबल पात्र मात्र होइन, एक भावना बनेँ । यो अविश्वसनीय यात्राको हिस्सा बनेर मलाई थोर बन्न दिएकोमा धन्यवाद ।’

फ्यानहरुले थोरको यात्रा टुङ्गिने भएकाले क्रिसले यो सन्देश छोडेको भन्ने रुपमा ग्रहण गरेका छन् । उनको भवानात्मक सन्देशले पनि यही संकेत गर्छ ।

क्रिसले सन् २००९ देखि थोरको भूमिका निर्वाह गर्दै आएका थिए । ‘एभेन्जर्स : डूम्सडे’को छायाङ्कन अहिले बेलायतमा हुँदैछ । यसको निर्देशक जो र एन्थोनी रुसो (रुसो ब्रदर्स) हुन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १२ : १९ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा