भाषिक विवादमा कमल हासन, बहिष्कारमा पर्‍यो फिल्म « Khabarhub

भाषिक विवादमा कमल हासन, बहिष्कारमा पर्‍यो फिल्म


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक कमल हासन भाषिक विवादमा परेका छन् । सोही कारण उनको आगामी फिल्म ‘थग लाइफ’ बहिष्कारको शिकार बनेको छ ।

उनको फिल्मको प्रदर्शन मिति जुन ५ अर्थात् यही शुक्रबारलाई तोकिएको छ । प्रदर्शनको केही दिनअघि कर्नाटक फिल्म चेम्बर अफ कमर्स (केएफसीसी)ले उनको फिल्म कर्नाटकमा प्रदर्शनमा आउन नदिने घोषणा गरेको हो ।

कमलले फिल्म प्रचारका क्रममा कर्नाटकको एक कार्यक्रममा ‘कन्नड भाषा तमिलबाट जन्मिएको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

कमलको यही अभिव्यक्तिलाई लिएर केएफसीसीले आपत्ति जनाएको हो । उनले सार्वजनिक रुपमा माफी नमागे ‘थग लाइफ’सहित आगामी फिल्म पनि प्रदर्शनमा आउन नदिने केएफसीसी घोषणा गरेको छ ।

अहिले दक्षिण भारतमा भाषिक आन्दोलन सतहमा आएको छ । उनले कन्नड भाषाविरुद्ध बोलेको भन्दै अभियन्ताहरु चिढिएका हुन् ।

भारतीय मिडिया बलिउड टाइम्सका अनुसार अहिले कर्नाटकमा उनीविरुद्ध पुतला दहन र विरोध प्रदर्शनहरु भइरहेका छन् ।

आफ्नो फिल्म निर्वाधरुपमा प्रदर्शन हुनुपर्ने माग गर्दै कमल अदालतमा पुगेको बलिउड टाइम्सले उल्लेख गरेको छ ।
अदालतले पनि उनी अनुकूलको आदेश जारी गरेको छैन ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १० : ४० बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने