भाषिक विवादमा कमल हासन, बहिष्कारमा पर्‍यो फिल्म « Khabarhub

भाषिक विवादमा कमल हासन, बहिष्कारमा पर्‍यो फिल्म


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक कमल हासन भाषिक विवादमा परेका छन् । सोही कारण उनको आगामी फिल्म ‘थग लाइफ’ बहिष्कारको शिकार बनेको छ ।

उनको फिल्मको प्रदर्शन मिति जुन ५ अर्थात् यही शुक्रबारलाई तोकिएको छ । प्रदर्शनको केही दिनअघि कर्नाटक फिल्म चेम्बर अफ कमर्स (केएफसीसी)ले उनको फिल्म कर्नाटकमा प्रदर्शनमा आउन नदिने घोषणा गरेको हो ।

कमलले फिल्म प्रचारका क्रममा कर्नाटकको एक कार्यक्रममा ‘कन्नड भाषा तमिलबाट जन्मिएको’ भन्ने अभिव्यक्ति दिएका थिए ।

कमलको यही अभिव्यक्तिलाई लिएर केएफसीसीले आपत्ति जनाएको हो । उनले सार्वजनिक रुपमा माफी नमागे ‘थग लाइफ’सहित आगामी फिल्म पनि प्रदर्शनमा आउन नदिने केएफसीसी घोषणा गरेको छ ।

अहिले दक्षिण भारतमा भाषिक आन्दोलन सतहमा आएको छ । उनले कन्नड भाषाविरुद्ध बोलेको भन्दै अभियन्ताहरु चिढिएका हुन् ।

भारतीय मिडिया बलिउड टाइम्सका अनुसार अहिले कर्नाटकमा उनीविरुद्ध पुतला दहन र विरोध प्रदर्शनहरु भइरहेका छन् ।

आफ्नो फिल्म निर्वाधरुपमा प्रदर्शन हुनुपर्ने माग गर्दै कमल अदालतमा पुगेको बलिउड टाइम्सले उल्लेख गरेको छ ।
अदालतले पनि उनी अनुकूलको आदेश जारी गरेको छैन ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १० : ४० बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५