आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस् « Khabarhub

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ २१ गते बुधबार। जेठ शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ जुन ४ तारिख। जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्ण अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थमा पाइन्छ।
-जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : १९ बजे

डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

एजेन्सी– इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन

‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील

काठमाडौं – आगामी माघ ९ लाई प्रदर्शन मिति तोकिएको एक्सन