स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै « Khabarhub

विश्वकप लिग-२

स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


२१ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै छ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल बुधबार दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज नेपालले दोस्रो खेल खेल्न लागेको हो।

सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपालका लाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग-२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ। १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ।

नेपाली टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्। नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

यो पनि पढ्नुहोस्
करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ६ : ०१ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ