स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै « Khabarhub

विश्वकप लिग-२

स्कटल्यान्डमाथि सनसनीपूर्ण जित निकालेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै छ। पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। यो खेल बुधबार दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज नेपालले दोस्रो खेल खेल्न लागेको हो।

सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपालका लाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन्। अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल अहिले लिग-२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ। १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ। त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ।

नेपाली टोली
नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ। उपकप्तान दीपेन्द्रसिंह ऐरी छन्। नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन्। नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन्।

यो पनि पढ्नुहोस्
करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : ०१ बजे

केरुङ बाढीबाट चीनतर्फ पनि मृतकको संख्या बढ्दै, ५५४ जना बेपत्ता

ल्हासा– बुधबार चीनको सिचाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा आएको पहिरो

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको