कोहलीका लागि किन विशेष बन्यो आईपीएल उपाधि ? | Khabarhub Khabarhub

कोहलीका लागि किन विशेष बन्यो आईपीएल उपाधि ?


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

मलेसियाको क्वालम्पुरमा सन् २००८ मार्च २ का दिन यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतले हात पारेको दिन थियो। वर्षाले प्रभावित खेलमा दक्षिण अफ्रिकालाई डर्कवर्थ लुइस नियमको आधारमा १२ रनले हराएपछि भारत विजेता बनेको थियो। त्यस टोलीका कप्तान विराट कोहलीले यस बिचमा अभूतपूर्व सफलता हात पारे। एक पटक विश्वकप क्रिकेट, दुई पटक च्याम्पियन्स ट्रफी तथा एक पटक टी-२० विश्वकप क्रिकेटको उपाधि पक्कै महत्त्वपूर्ण सफलता हो।

१७ वर्ष लामो अवधिका सीमित ओभरको क्रिकेटमा सबै भन्दा धेरै सफल खेलाडीका लागि फ्रेन्चाइज लिगमा भने जस्तो सफलता मिलेको थिएन। सन् २००८ मा यूथ क्रिकेटमा भारतले सफलता पाएकै वर्ष अहिलेको सबै भन्दा लोकप्रिय फ्रेन्चाइज सुरु भएको हो।

सोही समयदेखि अहिलेसम्म विराटको उपस्थिति प्रदर्शन कमजोर थिएन। व्यक्तिगत रूपमा उनले थुप्रै सफलता पाए। आफ्नो टोली रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)लाई बारम्बार फाइनल प्रवेश गराए पनि उपाधि जित्न नसक्नु विराटका लागि साँच्चै दुःखद थियो। उनी टेस्ट क्रिकेटबाट टाढा भइसकेका छन्। सम्भवतः केही समयपछि सबै किसिमको अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा हुने छन्। यो सिजनसमेत आईपीएलको उपाधि चुम्न नसकेको भए उनका लागि यो विषय जीवनभर खट्किने थियो।

त्यो अभावलाई उनले मंगलबार अहमदाबादमा भएको खेलमा पुरा गरे। आरसिबीले बनाएको १९० रनको जवाफमा ब्याटिङ गरेको पन्जाब १८४ रनमा सीमित हुँदा विराटले सफलता पाएका हुन्। आरसिबीलाई खेल जिताउने क्रममा क्रुनाल पाण्डे, भुवनेश्वर कुमार र यश दयालले उत्कृष्ट बलिङ गरे।

शशाङ्क सिहले जोस हजेलउडलाई अन्तिम चार बलमा २२ रन प्रहार गरे पनि त्यसै ओभरको सुरुका दुई बल डट भएका कारण ६ रनको पराजय व्यहोरेको थियो।

कोहली भाग्यमानी ठहरिएको फाइनल
गत वर्षको २९ जुनमा पनि भारतले टी-२० विश्वकपको उपाधि जितेको थियो। सो विश्वकप र आईपीएलको फाइनलमा केही मिल्दो थियो। भारतले १७६ रन बनाएर उपाधि जोगाएको थियो। सो खेलमा कोहलीले ५९ बलमा ७६ रन बनाएका थिए।

मंगलबारको फाइनलमा उनी नै पूर्ण नायक भने थिएनन्। तथापि आरसिबीका लागि सबै भन्दा धेरै रन उनैले प्रहार गरेका थिए। उनले ३५ बलमा ४३ रनको योगदान गरेका थिए। अहमदाबादको मैदानमा १९० रनको विशाल लक्ष्य पक्कै थिएन। तथापि कोहलीको टोली यसलाई जोगाउन सफल भएको हो। एक वर्ष अघि दक्षिण अफ्रिकाको हातबाटै खेल खोसेर भारतलाई उपाधि दिलाउने काम भाइ हार्दिक पाण्डेले गरेका थिए। अहिले दाइ क्रुनाल पाण्डे पन्जाबको पराजयको कारण बने। पाण्डेले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए।

१८ वर्षमा विश्व क्रिकेटमा बनेका गर्विलो कहानी
सन् २००० को दशकको उत्तरार्द्ध भारतीय क्रिकेट ग्ल्यामरस थियो। नाम चलेका ब्याट्सम्यान, प्रचारप्रसार, पब्लिकमा क्रेज र मिडियाको आकर्षण भारतीय क्रिकेटका विशेषता थिए। यी सबैका बाबजुद सन् १९८३ को विश्वकप क्रिकेट उपाधि पछि भारतले खासै उल्लेखनीय सफलता पाएको थिएन। सन् २००८ मा नै युवा कोहलीले आरसीबीका लागि आईपीएलमा पहिलो खेल कलकता नाइट राइडर्सका लागि खेलेका थिए। सो खेलमा उनी एक रनमा आउट भएका थिए। त्यसपछि उनले आईपीएलमा आठ शतक र ७१ अर्धशतक प्रहार गरे। यो आफैमा एउटा अभूतपूर्व सफलता हो।

टी-२० अन्तर्राष्ट्रियमा एउटा शतक आफैमा महत्त्वपूर्ण सफलता हो। सन् २०११ को विश्वकपमा उनले ९ खेलमा २८२ रन प्रहार गरेको थिए। मुम्बईको बंखाडे रङ्गशालामा श्रीलंकासँगको फाइनलमा उनले ४९ बलमा ३५ रन प्रहार गरेका थिए। त्यसको दुई वर्षपछि बर्मिङघममा भएको फाइनलमा घरेलु टोली इङ्गल्यान्डलाई फाइनलमा ५ रनले हराउँदै भारतले उपाधि जितेको थियो। वर्षाले २० ओभरमा घटाइएको सो खेलमा भारतले १२९ रन मात्र बनाएको थियो। कोहलीले सबै भन्दा धेरै ३४ बलमा ४३ रन प्रहार गरेका थिए। तथापि सोही रन खेल जिताउन पर्याप्त बनेको थियो।
सन् २०२५ को च्याम्पियन्स ट्रफीको फाइनलमा भने कोहली अन्य खेलमा जस्तो सबल भएनन्। तर पाकिस्तानसँगको खेलको शतक र सेमिफाइनलमा अस्ट्रेलियाको विरुद्धमा प्रहार भएको ८४ रन महत्त्वपूर्ण थिए।

सन् २००७ र २००८ मा भारतलाई दुई सफलता हात लागेको थियो। सन् २००७ मा भारतले पहिलो टी-२० विश्वकपको उपाधि जितेको थियो। सन् २००८ मा यूथ विश्वकपको उपाधि जितेको थियो। सन् २००८ मा नै आइपिएल सुरु भएको थियो।

उनको सफलता त्यत्तिमा सीमित भएन। कुल ८१ अन्तर्राष्ट्रिय शतक आफैमा चानचुने होइन। एक दिवसीय क्रिकेटमा विश्व क्रिकेटका सबै भन्दा महान् खेलाडी सचिन तेन्दुलकरलाई समेत उनले पछि पारेका छन्। सचिनले ४९ तथा कोहलीले ५१ एक दिवसीय शतक प्रहार गरेका छन्।

टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका उनले १२३ टेस्ट खेल्दै ९२३० रन प्रहार गरेर संन्यासको घोषणा गरेका हुन्। उनले यस क्रममा ३० टेस्ट शतक ३१ अर्धशतक प्रहार गरे।

विश्व क्रिकेटका केही महत्त्वपूर्ण कीर्तिमान भारतीय खेलाडीका नाममा छन्। संसारका सबै भन्दा सफल क्रिकेटर निर्विवाद रूपमा सचिन तेन्दुलकर हुन्। आइसिसी प्रतियोगिताका सफल ब्याट्सम्यान रिक्की पोन्टिङ र रोहित शर्मा अर्को बहसको पाटो हुनसक्छ। सीमित ओभरको खेलमा बादशाह कोहली नै भएकोमा भने विमति हुन सक्दैन।

आरसिबीका चार फाइनल
आरसिबीले यसअघि पनि तीन पटक आईपीएलको फाइनल खेलेको थियो। सन् २००९ मा आरसिबीले डेक्कन चाजर्रसँग आरसिबी पराजित भएको थियो। यसैगरी सन् २०११ मा चेन्नई सुपर किङ्स तथा सन् २०१६ मा सनराइजर्स हैदरावादसँग हारेको आरसिबी चौथो पटक सफल भएको हो। यो सफलता सीमित ओभरका बादशाह कोहलीका लागि भने विशेष हो।


स्रोतः क्रिक इन्फो, हिन्दु, आइसिसी

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ६ : २८ बजे

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः राष्ट्रपति सी

बेइजिङ – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिका र चीनबीचको सम्बन्धको

माधव नेपालले भने : राष्ट्रलाई हानी हुने काम गरेको छैन

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

मुलुच्का उठाएर सहकारीको कोठा खाली गराउन कठिन छ : उपमेयर डंगोल

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मुलुच्का उठाएर सहकारीको कोठा

लुम्बिनीमा प्रदेशमा आगामी तीन वर्षमा रू १० अर्ब राजस्व सङ्कलनको प्रक्षेपण

लुम्बिनी – लुम्बिनी प्रदेशको आन्तरिक राजस्व सङ्कलन तीन वर्षभित्र रू

विश्व वातावरण दिवस : नेपाल कोइला बहिर्गमन कार्यक्रम घोषणा

ललितपुर – साथसाथै फाउन्डेसन र काठमाडौँ विश्वविद्यालयको संयुक्त पहलमा नेपाल