भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति | Khabarhub Khabarhub

भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो ।

भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको एक करोड, केन्द्र सरकारको ६० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख रुपैयाँमा ९ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ ।

‘देउराली–भङ्गेरी–पालुवा–सडकखण्डको स्तरोन्नति गरेका छौँ’, वडाध्यक्ष कार्कीले भने ।

यो भोजपुर सदरमुकामलाई रामप्रसाद राई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो ।

वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन  पुग्नसक्ने बनाइएको छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १० : १४ बजे

हिट फिल्मको खडेरीमा दशैँ भिडन्तले पानी पार्ला ?

काठमाडौं – ०८२ बितेका सुरुवाती ६ महिनाको व्यापार सुखद् छैनन्

अर्घाखाँचीमा गाडी दुर्घटना, दुईजनाको मृत्यु, २४ जना घाइते

अर्घाखाँची– अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

बडादशैँका लागि कोटेश्वर–जडीबुटी हुँदै पूर्वतर्फ जाने सवारी र यात्रुको चाप (तस्बिरहरू)

काठमाडौं– बडादशैँको सातौँ दिन आज दशैँघरमा फूलपाती भित्र्याइँदै छ ।

काठमाडौंको भीमसेनस्थान क्षेत्रमा आगलागी, ६ वटा घरमा क्षति

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २० को वडा कार्यालय भीमसेनस्थान

के हो फूलपाती महिमा ?

काठमाडौं – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष