संसदमा बोल्ने वातावरण बनाइदिनु पर्‍याे : गृहमन्त्री « Khabarhub

संसदमा बोल्ने वातावरण बनाइदिनु पर्‍याे : गृहमन्त्री


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद् बैठकमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् ।

राज्य व्यवस्था परामर्श तथा सुशासन समितिको बैठकमा बुधबार उपस्थित भएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणका बारेमा संसदमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका हुन् ।

‘जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यहीँ जवाफ दिएर जान्थेँ,’ बैठकमा समिति सदस्यहरूले भिजिट भिसाबारे राखेको जिज्ञासातर्फ इङ्गित गर्दै उनले भने, ‘अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ ।’

गृहमन्त्री लेखकले आफूमाथि प्रतिपक्षमा रहेका दलहरूले भिजिट भिसाबारे लगाएका आरोपको जवाफ संसदमा दिने पनि बताए । ‘उठेका सबै प्रश्नको जवाफ दिन्छु,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई भिजिट भिसा सेटिङमा संलग्न रहेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि गृहमन्त्री लेखक पनि भिजिट भिसा प्रकरणमा मुछिएका छन् । यसै विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : २३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान