बजेटमा राष्ट्रिय योजना आयोगको भूमिका नियमन, सुपरिवेक्षण र सहजीकरणमा केन्द्रित हुने « Khabarhub

बजेटमा राष्ट्रिय योजना आयोगको भूमिका नियमन, सुपरिवेक्षण र सहजीकरणमा केन्द्रित हुने


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट राष्ट्रिय योजना आयोगले अनुगमन गर्ने उपाध्यक्ष डा. शिव अधिकारीले बताएका छन्‌ । 

नेपाल पूर्वाधार पत्रकार समाज र  निर्माण महासंघको संयुक्त आयोजनामा आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक छलफलमा उपाध्यक्ष अधिकारीले आयोगको भूमिका नियमन, सुपरीवेक्षण र सहजीकरणमा केन्द्रीत हुने स्पष्ट पारे ।

‘योजना आयोगले मोनिटरिङ र सुपरभिजन निर्मम तरिकाले गर्छ’, उनले भने, ‘कसैले बदमासी गर्छ भने त्यसलाई निर्ममतापूर्वक कारबाही गरिन्छ, तर सबैलाई बदमास ठानेर कानुन बनाउने प्रवृत्ति गलत हो ।’

अधिकारीले बजेटपछिको अवस्थामा योजना आयोग के गर्छ ? प्रश्न उठ्न सक्ने जनाउँदै, आयोगले क्याटलिस्ट (सहजकर्ता) को भूमिका खेल्ने र कार्यान्वयनमा सहजीकरण गर्ने जिम्मेवारी लिने बताए ।

पूर्वाधार क्षेत्रलाई विकास र आर्थिक वृद्धि-दुवैका लागि प्रमुख चालकको रूपमा उल्लेख गर्दै उनले भने, ‘पूर्वाधार निर्माणको मौजूदा ढाँचा समयमै सम्पन्न नहुने खालको छ। हालका सबै विकास मन्त्रालयको पूँजीगत खर्च गर्ने शैली सन्तोषजनक छैन ।’

अधिकारीले विगतबाट पाठ सिक्ने भनिए पनि व्यवहारमा पुरानै अभ्यास दोहोरिएको टिप्पणी गरे।अधिकारीले बजेट निर्माणको बेला गरिएको मिहिनेतले रियालिस्टिक बजेट ल्याउन सम्भव भएको बताए। ‘तीन करोडभन्दा कम लागतका आयोजनाहरू संघीय सरकारमा नराख्ने निर्णय राम्रो सुरुवात हो,’ उनको भनाइ थियो ।

अधिकारीले सहजिकरणका लागि कानुन निर्माण गर्नुपर्ने बताए । उनले भने, ‘पहिल्यै बदमास हुन्छ भनेर कानुन बनाउने होइन। यस्तो सोचले कार्यान्वयनमा अनावश्यक अड्चन ल्याउँछ ।’ 

उनले सबै मन्त्रालयले बजेटमा प्रस्तुत गरिएको नयाँ मोडलअनुसार काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै योजना आयोगले त्यसको लागि आवश्यक पहल सुरु गरिसकेको जानकारी दिए।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १ : ०२ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो