भिजिट भिसा प्रकरणको बाछिटा : नेपालीलाई भिसा प्रक्रियामा कडाइ गर्‍यो अमेरिकाले « Khabarhub

भिजिट भिसा प्रकरणको बाछिटा : नेपालीलाई भिसा प्रक्रियामा कडाइ गर्‍यो अमेरिकाले


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसामा जानेबाट लाखौँ रूपैयाँ अवैध रुपैयाँ असुल्ने गर्ने गरिएको विवरण सार्वजनिक भएसँगै अमेरिकाले नेपाली नागरिकलाई भिसा दिनुअघिको प्रक्रियामा झन् कडाइ गरेको छ ।

गृहमन्त्री रमेश लेखकसमेत भिजिट भिसा प्रकरणमा मुछिएको अवस्थामा अमेरिकाले नेपालबाट जानेहरूका लागि भिसा दिन झन् कडाइ गरेको हो ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितको मिलेमतोमा भिजिट भिसामा जानेबाट दैनिक ५० लाखभन्दा बढी रुपैयाँ उठाउने गरेको प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

उक्त प्रकरणमा गृहमन्त्री लेखकका सचिवालयकै सदस्यहरूसमेत लेनदेनमा मुछिएको जानकारी सार्वजनिक भइरहँदा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले दुवै बचाउमा उत्रिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले लेखकको बचाउ गरिरहँदा संसद्समेत अवरोधको अवस्थामा छ ।

यस्तो परिस्थितिमा काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालीलाई नागरिकलाई भिसा दिन कडाइ गरेको हो । दूतावासले बुधबार एक सूचना निकालेर कडाइका साथ गरिने सुरक्षा जाँचबिना भिसा दिन नसकिने जनाएको छ ।

दूतावासले राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने पनि जानकारी दिएको छ ।

‘प्रत्येक यात्रुले कडा सुरक्षा जाँच प्रक्रियाबाट गुज्रनुपर्छ, जसमा कानुन कार्यान्वयन निकायका रेकर्ड र आतंकवादविरोधी डाटाबेसहरूमा नाम जाँच पनि समावेश हुन्छन्,’ दूतावासले उल्लेख गरेको छ, ‘सबै सुरक्षा जाँचहरू पूर्ण रूपमा पूरा भएर सम्भावित आशंकाहरू निवारण नभएसम्म तपाईंको भिसा जारी हुने छैन ।’

दूतावासले अमेरिकाको राष्ट्रिय सुरक्षा आफूहरूको उच्च प्राथमिकता रहेको जनाएको छ । ‘राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पुर्‍याउन सक्ने व्यक्तिहरूलाई अमेरिकातर्फको यात्रामा प्रतिबन्ध लगाउनु अमेरिकी नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने मुख्य उपाय हो’, दूतावासले अगाडि भनेको छ ।

गृहमन्त्री लेखक र गृहमन्त्रालयकै अधिकारीहरू भिजिट प्रकरणमा जोडिएर भिजिट भिसाबाट अवैध रकम उठाउँदै विदेश पठाइरहेको कुरा चुहिएसँगै अमेरिकाले सुरक्षा जाँच र आवश्यक अन्य प्रक्रियामा कडा नियम ल्याएको हो ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १ : २६ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।