युद्धग्रस्त गाजामा सहायता संस्थाबीच सम्झौता रद्द | Khabarhub Khabarhub

युद्धग्रस्त गाजामा सहायता संस्थाबीच सम्झौता रद्द


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अमेरिकी परामर्श फर्मले युद्धग्रस्त गाजामा अनिकालको अवस्था बिग्रँदै जाँदा जारी सम्झौता रद्द गरेको छ ।

खाद्यान्न र मानवीय आपूर्ति वितरण गर्न स्थापित विवादास्पद अमेरिकी र इजरायल समर्थित सहायता संस्थासँगको सम्झौता रद्द गरिएको सीएनएनले उल्लेख गरेको छ ।

अमेरिकी परामर्श फर्म बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) र सहायता वितरण गर्ने गाजा ह्युमनिटरियन फाउण्डेशन (जीएचएफ) बीच सम्झौता रद्द भएको खबर छ ।

‘गाजासँग सम्बन्धित अनुमोदित अनुगमन कार्यमा बहुपक्षीय सरोकारवालाबाट सहमति नभएको र मे ३० मा सहायता रोकिएको थियो ।’ बीसीजीका प्रवक्ताले भनेका छन् । उनले बीसीजी यो कामको लागि जिम्मेवार नभएको बताएका छन् ।

प्रवक्ताका अनुसार गाजा मानवीय फाउन्डेसनसँग काम गर्ने जिम्मेवारीमा रहेका बीसीजी साझेदारलाई फर्मको संलग्नताको औपचारिक समीक्षा भइरहँदा प्रशासनिक बिदामा राखिएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र नासेर अस्पतालका अनुसार दक्षिणी गाजामा रहेको संस्थाद्वारा सञ्चालित सहायता वितरण स्थल नजिकै मंगलबार लगातार तेस्रो दिन गोली चल्दा लगभग ३० प्यालेस्टिनीको मृत्यु भएको र दर्जनौं घाइते भएको खबर छ ।

‘तोकिएको पहुँच मार्गहरूबाट विचलित भएर आफूतिर सर्दै गरेका धेरै संदिग्धहरू’ को पहिचान गरेपछि उनीहरूको सेनाले धेरै पटक गोली चलाएको इजरायली सेनाले उल्लेख गरेको छ ।

‘सेनाहरूले चेतावनीपूर्ण फायरिङ गरे । र, संदिग्धहरू पछि हट्न असफल भएपछि सेनातर्फ अघि बढेका केही व्यक्तिगत संदिग्धहरू नजिक थप गोली चलाइयो,’ इजरायल रक्षा बल –आईडीएफ) ले एक विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा हताहत भएको रिपोर्टहरू आएको पनि उल्लेख छ ।

यी घातक घटनाहरूले गाजामा सहायता वितरणका लागि नयाँ, कडा नियन्त्रित, संयन्त्र चलाउने उद्देश्यले स्थापना गरिएको यस संस्थाको बारेमा चिन्ता बढाएको छ । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले यसको आलोचना गरेका छन् ।

सहायता सञ्चालन गर्ने तरिकाले नागरिकहरूलाई खतरामा पारिरहेको र प्यालेस्टिनीहरूलाई थप विस्थापित गर्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।

जीएचएफको योजनालाई इजरायल र अमेरिकाले अनुमोदन गरेका छन् । उनीहरूले यो योजना हमासलाई सहायता ‘चोरी’ गर्नबाट रोक्न डिजाइन गरिएको बताएका छन् ।

बीसीजीले संगठनसँग सम्बन्ध तोडेको रिपोर्टको बारेमा ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले प्रमाण बिना नै मिडिया कभरेज भएको बताए ।

सीएनएनका अनुसार बीसीजीको यो निर्णय संस्थाको लागि थप धक्का हो र यो सहायता संस्थाका कार्यकारी निर्देशक जेक वुडले राजीनामा दिएको एक हप्तापछि आएको हो ।

मङ्गलबार अमेरिकी इभान्जेलिकल क्रिश्चियन नेता रेभरेन्ड जोनी मूरलाई ‘जीएचएफ’ को नयाँ निर्देशकको रूपमा घोषणा गरिएको छ ।

‘यस महत्त्वपूर्ण अभियानलाई विस्तार गर्न र मानवीय सहायताअन्तर्गत समुदाय र बृहत् अन्तर्राष्ट्रिय समुदायले आधारभूत रुपमा के भइरहेको छ भन्ने सुनिश्चितताका लागि मेरो अनुभव प्रयोग गर्न पाउँदा मैले सम्मानित महसुश गरेको छु,’ मूरले एक विज्ञप्तिमा भनेका छन् ।

‘परामर्श फर्मले अक्टोबर २०२४ मा जीएचएफसँग काम गर्न थालेको थियो । जसले गाजामा मानवीय सहयोग पुर्‍याउन बहुपक्षीय प्रयासहरू सञ्चालन गर्ने उद्देश्य राखेको थियो ।’ प्रवक्ताले भने ।

विदेशी फर्मसँगको सम्बन्धविच्छेदका बावजुद, फाउन्डेसनले आफ्नो काम ‘पूर्ण गतिमा अगाडि’ जारी राख्ने बताएको छ । ‘जीएचएफले आठ दिनमा ७० लाखभन्दा बढी खाना पुर्‍याएको छ ।’ जीएचएफका अन्तरिम निर्देशक जोन एक्रीले भने ।

‘गाजा जस्तो जटिल र अस्थिर वातावरणमा, त्यस प्रकारको सुरक्षित, प्रत्यक्ष र ठूलो मात्रामा सहायता वितरण गरिनु अभूतपूर्व छ । हामी एउटै कुरामा केन्द्रित छौं, सबैभन्दा बढी सहयोगापेक्षीलाई खाना पुर्‍याउने । र अहिले, हामी एक मात्र संस्था हौं, जसले स्थिरता र सुरक्षाका साथ काम गरिरहेको छ ।’ एक्रीले थपे ।

सीएनएनका ओरेन लिबरम्यान र जेनिफर ह्यान्सलरको योगदानमा आधारित किली एटवुडको रिपोर्ट ।

तस्बिर : दक्षिणी गाजास्थित खान युनिसमा इजरायलद्वारा अनुमोदित अमेरिकी समर्थित संस्था गाजा मानवीय फाउन्डेसनद्वारा वितरण गरिएको खाना र मानवीय सहायता प्याकेजहरू भएका बक्स र झोलाहरू बोकेर अघि बढ्दै प्यालेस्टिनीहरू ।
तस्बिर– अब्देल करीम हाना/एपी

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : १० बजे

सप्तकोशिमा बेपत्ता गोताखोरको खोजी कार्य सुरु

पोखरा– कोशी बराजस्थित सप्तकोशी नदीमा अभ्यासमा रहेका बेपत्ता गोताखोरको खोजी

डाडागाउँमा ‘एक घर, एक धारा’

म्याग्दी– मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण

मधेस सरकारको नीति, कार्यक्रम आज प्रस्तुत हुँदै

जनकपुर– मधेस प्रदेश सरकारले आज प्रदेशसभामा आगामी वर्षको नीति तथा

रामेछापमा फौजी कीराको प्रकोप

मन्थली– जिल्लाका अधिकांश खेतबारीमा लगाएको मकै फौजी कीराले नष्ट गरिदिन

आज रूसी भाषा दिवस विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं– आज रूसी भाषा दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका