आईपीएल विजेता आरसीबीलाई २० करोड, उपविजेता पञ्जाबलाई १२ करोड « Khabarhub

आईपीएल विजेता आरसीबीलाई २० करोड, उपविजेता पञ्जाबलाई १२ करोड

चार अवार्ड जितेका सुदर्शनलाई ४० लाख, १४ वर्षीय वैभव सुपर स्ट्राइकर घोषित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

अहमदावाद- इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) नयाँ च्याम्पियन भएको छ।

आरसीबीले पञ्जाब किङ्ग्स (पीकेबीएस) लाई ६ रनले पराजित गर्दै १८औँ संस्करणको उपाधि जितेको हो ।

आरसीबीले पहिलो पटक आईपीएल उपाधि जित्न सफल हुँदा पञ्जाबको उपाधि प्रतिक्षा अझै लम्बिएको छ ।

उपाधि जितेपछि आरसीबीले चम्किलो ट्रफीसहित २० करोड भारतीय रुपैयाँको पुरस्कार राशी प्राप्त गरेको छ।

उपविजेता पीकेबीएसलाई १२ करोड ५ लाख रुपैयाँ प्रदान गरिएको छ । तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्सले ७ करोड र चौथो स्थानको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ पाए।

यस सिजन सबैभन्दा धेरै ७५९ रन बनाउने गुजरातका साई सुदर्शनलाई अरेन्ज क्याप प्रदान गरिएको छ । २५ विकेट लिने प्रसिद्ध कृष्णालाई पर्पल क्याप दिइएको छ ।

उता राजस्थानका १४ वर्षीय वैभव सूर्यवंशीलाई ‘सुपर स्ट्राइकर अफ द सिजन’ घोषणा गरिएको छ ।

यस सिजन सबैभन्दा धेरै व्यक्तिगत अवार्ड गुजरातका ओपनर साई सुदर्शनले जितेका छन् । उनलाई अरेन्ज क्यापका साथै अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) अवार्ड पनि प्रदान गरिएको छ ।

मुम्बईका सूर्यकुमार यादव मोस्ट भ्यालुएबल प्लेयर अफ द टूर्नामेन्ट घोषित भएका छन् ।

अरू अवार्ड विजेता

मोस्ट सिक्स हिटर : लखनऊका निकोलस पूरन

ग्रीन डट बल अवार्ड : गुजरातका मोहम्मद सिराज

बेस्ट क्याच : हैदराबादका कमिन्दु मन्डिस

आरसीबीले इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबारको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराएर १८औँ सिजनको उपाधि जितेको हो ।

७३ दिन चलेको आईपीएल २०२५ मा ७४ खेल खेलिएको । जसमा ३० उत्कृष्ट क्षण देखिए। १७ सिजनपछि आरसीबीले पहिलो पटक ट्रफी जित्दै पीकेबीएसको उपाधि सपना फेरि अधुरै राखेको छ।

उपाधि जितेपछि विराट कोहलीले भने, ‘दिल र आत्मा बेंगलोरसँग छन्, अब म शान्तिले सुत्न सक्छु।’ आरसीबीका कप्तान पाटिदारले भने, ‘यो वर्ष कप हाम्रो हो ।’

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : १२ बजे

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको

कृषिउपज संकलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भोजपुर– भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा १० करोड लागतमा आधुनिक

दश वर्षीय छोरासहित मेची–महाकाली साइकल यात्रामा साइमन

बागमती– पोखराको लेकसाइडस्थित खहरेका साइकलयात्री साइमन आफ्ना १० वर्षीय छोरा

सभ्यताको मूल जरो ‘तोरकीन’

उपन्यासको नाम ‘तोरकीन’ले नै मेरो पुस्तकप्रति आकर्षण बढेको थियो ।

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ– नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार गर्ने