आईपीएल विजेता आरसीबीलाई २० करोड, उपविजेता पञ्जाबलाई १२ करोड | Khabarhub Khabarhub

आईपीएल विजेता आरसीबीलाई २० करोड, उपविजेता पञ्जाबलाई १२ करोड

चार अवार्ड जितेका सुदर्शनलाई ४० लाख, १४ वर्षीय वैभव सुपर स्ट्राइकर घोषित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

अहमदावाद- इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) नयाँ च्याम्पियन भएको छ।

आरसीबीले पञ्जाब किङ्ग्स (पीकेबीएस) लाई ६ रनले पराजित गर्दै १८औँ संस्करणको उपाधि जितेको हो ।

आरसीबीले पहिलो पटक आईपीएल उपाधि जित्न सफल हुँदा पञ्जाबको उपाधि प्रतिक्षा अझै लम्बिएको छ ।

उपाधि जितेपछि आरसीबीले चम्किलो ट्रफीसहित २० करोड भारतीय रुपैयाँको पुरस्कार राशी प्राप्त गरेको छ।

उपविजेता पीकेबीएसलाई १२ करोड ५ लाख रुपैयाँ प्रदान गरिएको छ । तेस्रो स्थानमा रहेको मुम्बई इण्डियन्सले ७ करोड र चौथो स्थानको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ पाए।

यस सिजन सबैभन्दा धेरै ७५९ रन बनाउने गुजरातका साई सुदर्शनलाई अरेन्ज क्याप प्रदान गरिएको छ । २५ विकेट लिने प्रसिद्ध कृष्णालाई पर्पल क्याप दिइएको छ ।

उता राजस्थानका १४ वर्षीय वैभव सूर्यवंशीलाई ‘सुपर स्ट्राइकर अफ द सिजन’ घोषणा गरिएको छ ।

यस सिजन सबैभन्दा धेरै व्यक्तिगत अवार्ड गुजरातका ओपनर साई सुदर्शनले जितेका छन् । उनलाई अरेन्ज क्यापका साथै अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) अवार्ड पनि प्रदान गरिएको छ ।

मुम्बईका सूर्यकुमार यादव मोस्ट भ्यालुएबल प्लेयर अफ द टूर्नामेन्ट घोषित भएका छन् ।

अरू अवार्ड विजेता

मोस्ट सिक्स हिटर : लखनऊका निकोलस पूरन

ग्रीन डट बल अवार्ड : गुजरातका मोहम्मद सिराज

बेस्ट क्याच : हैदराबादका कमिन्दु मन्डिस

आरसीबीले इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबारको फाइनलमा पञ्जाब किङ्सलाई ६ रनले हराएर १८औँ सिजनको उपाधि जितेको हो ।

७३ दिन चलेको आईपीएल २०२५ मा ७४ खेल खेलिएको । जसमा ३० उत्कृष्ट क्षण देखिए। १७ सिजनपछि आरसीबीले पहिलो पटक ट्रफी जित्दै पीकेबीएसको उपाधि सपना फेरि अधुरै राखेको छ।

उपाधि जितेपछि विराट कोहलीले भने, ‘दिल र आत्मा बेंगलोरसँग छन्, अब म शान्तिले सुत्न सक्छु।’ आरसीबीका कप्तान पाटिदारले भने, ‘यो वर्ष कप हाम्रो हो ।’

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : १२ बजे

राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिको अध्यक्षमा ढकाल चयन

काठमाडौं– राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको सञ्चालक समितिले देवकुमार ढकाललाई अध्यक्ष

साफ यु–२० महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग खेल्ने

काठमाडौं– २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आफ्नो पाँचौँ

काँक्रोखेतीमा रमाउँदै पौडेल दाजुभाइ

स्याङ्जा– स्याङ्जाका दुई दुई दाजुभाइले व्यावसायिक रूपमा काँक्रोखेती थालेका छन्

कञ्चनपुर कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

कञ्चनपुर– कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएको

जो बने संसारकै आदर्श पुरुष

औपचारिक परिचय दक्षिण अफ्रिकाको पहिलो जननिर्वाचित राष्ट्रपति हो। तीनै नेल्सन