१० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य « Khabarhub

१० लाखभन्दा बढी मूल्यको घरजग्गा खरिद बिक्री गर्दा बैङ्किङ कारोबार अनिवार्य


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब १० लाख रुपैयाँ मूल्य भन्दा माथिको घरजग्गा कारोबार बैङ्किङ प्रणालीमार्फत् गर्नुपर्ने भएको छ ।

‘भूमि व्यवस्था तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी जारी गरिएको निर्देशन, २०८२’ कार्यान्वयन गर्दै सो व्यवस्था लागू गरेको हो ।

‘घर जग्गा खरिद बिक्रीको कारोबार गर्दा दश लाख रुपैयाँभन्दा माथि पचास लाख रुपैयाँसम्मको कारोबार बैङ्किङ प्रणाली वा विद्युतीय भूक्तानी मार्फत् गर्नुपर्नेछ । तर पचास लाख रुपैयाँ भन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत् सोझै र चेकमार्फत् गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत् गर्नुपर्ने छ’, उक्त निर्देशनमा भनिएको छ ।

जग्गाको खरिद बिक्री गर्दा सूचक संस्थाले खरिदकर्ताको बैङ्क खाताबाट बिक्रीकर्ताको बैङ्क खातामा कारोबार गरेको रकम जम्मा भएको प्रमाण लिखतका साथ संलग्न गर्नुपर्ने व्यवस्था पनि निर्देशनले गरेको छ ।

त्यस्तै, तीन करोड भन्दा बढी रकमको घरजग्गा कारोबार गर्नेको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने व्यवस्था पनि विभागले नयाँ निर्देशनमार्फत् गरेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : २२ बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा