प्रतिपक्षीले छाडेनन् गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान, संसद् बैठक अनिश्चित | Khabarhub Khabarhub

प्रतिपक्षीले छाडेनन् गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान, संसद् बैठक अनिश्चित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान यथावत राखेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरि डाकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले गरेको मुख्य दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएर गम्भीर प्रश्न उठिसकेपछि गृहमन्त्री लेखकको राजीनामा नआएकाले संसद् बैठक चल्न नसक्ने धारणा राखेका हुन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षीको अडान र पहिले संसद्मा बोल्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण कुरा मिनल्न नसकेको जानकारी दिए ।

विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग बुधबार दिउँसो छलफल गरेका हुन् ।

तर दुवै पक्षले अडान नछाडेपछि बुधबार दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अनिश्चित भएको हो । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय लिएकाले जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।

बजेट टेबुल भए पनि गृहमन्त्री प्रकरणले छलफल प्रक्रिया अघि बढाउन समस्या भएको छ । मंगलबारका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म सुरू हुन सकेको छैन । दुई पक्षबीच कुरा नमिलेकाले बुधबारको संसद् बैठक पनि अनिश्चित भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : २६ बजे

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको बुद्धभुमी नगरपालिका-६ लक्ष्मीपुर बस्ने ६४ वर्षीय मल्लु धोवीको करेन्ट लागेर

कांग्रेसमा रामहरिको प्रष्टिकरण : ‘कुलिङ पिरियड’ सर्वसम्मतिले राखेका थियौँ, थपिएर संसद्‍ पुगेको उपदफामा हाम्रो दोष छैन

काठमाडौं- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन्

काठमाडौं – बलिउड नायिका काजोलले आफ्ना श्रीमान् अजय देवगन र

हृदयघात भएर बित्ने ‘बिग बोस’का प्रतिस्पर्धी ४ पुगे

काठमाडौं – सलमान खान प्रस्तोता रहेको टेलिभिजन कार्यक्रम ‘बिग बोस’को