प्रतिपक्षीले छाडेनन् गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान, संसद् बैठक अनिश्चित « Khabarhub

प्रतिपक्षीले छाडेनन् गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान, संसद् बैठक अनिश्चित


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान यथावत राखेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरि डाकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले गरेको मुख्य दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएर गम्भीर प्रश्न उठिसकेपछि गृहमन्त्री लेखकको राजीनामा नआएकाले संसद् बैठक चल्न नसक्ने धारणा राखेका हुन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षीको अडान र पहिले संसद्मा बोल्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण कुरा मिनल्न नसकेको जानकारी दिए ।

विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग बुधबार दिउँसो छलफल गरेका हुन् ।

तर दुवै पक्षले अडान नछाडेपछि बुधबार दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अनिश्चित भएको हो । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय लिएकाले जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन ।

बजेट टेबुल भए पनि गृहमन्त्री प्रकरणले छलफल प्रक्रिया अघि बढाउन समस्या भएको छ । मंगलबारका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म सुरू हुन सकेको छैन । दुई पक्षबीच कुरा नमिलेकाले बुधबारको संसद् बैठक पनि अनिश्चित भएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : २६ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।