पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ « Khabarhub

पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्वत– मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ । जिल्लाका उच्च पहाडी भूभाग तथा सिमसार क्षेत्रमा धान रोपाइँ सुरु भएको हो भने अन्य स्थानमा कोदो रोपाइँ सुरु भएका छ । गत वर्ष लामो समयसम्म खडेरी पर्दा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष भने मध्य जेठमा नै धान र कोदो रोपाइँ सुरु गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कुश्मा नगरपालिका, मोदी गाउँपालिका, महाशिला गाउँपालिका र जलजला गाउँपालिकाको खाली रहेका क्षेत्रमा कृषकहरूले धानखेती सुरु गरेका छन् । मनसुन समयमा नै भित्रिएको र केही समय ढिलाइ गरेर धान रोपाइँ कार्य सुरु गर्दा जनशक्तिको अभाव हुने भएकाले पनि सुरुमा नै रोपाइँ सुरु गरिएको कुश्मा–१४ आर्थरडाँडाखर्कका कृषक चन्द्रबहादुर क्षेत्रीले बताए।

पर्वतमा सात हजार ६२८ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुने गरेको छ । उच्च पहाडी, मध्य पहाडी र समथर भूभाग समेटेको पर्वतमा विशेषत सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठो बूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायतका जातका धान लगाउने गरिएको छ ।

गत वर्षको तथ्यांकअनुसार जिल्लामा २७ हजार मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीले जानकारी दिइन् । धानखेती हुने मध्येको ३६ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको प्रबन्ध रहेको भए पनि त्यो सबै क्षेत्रमा पनि सबै समयमा पानी उपलब्ध नहुने अवस्था रहेको सुवेदीले बताए। 
 
फलेवास नगरपालिका, पैयुँ गाउँपालिका, जलजला गाउँपालिका र कुश्मा नगरपालिकामा धेरै धानखेती हुने गरेको छ । धानसँगै कोदो रोपाइँमा समेत कृषकलाई भ्याइनभ्याइ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कतिपय ठाउँमा कोदो रोपाइँ सकेपछि मात्र धान रोपाइँ सुरु गरिन्छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : ३० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।