विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात « Khabarhub

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विपद् व्यवस्थापन कोषमा चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख मौज्दात रहेको छ ।

कोशीमा छ करोड, ९० लाख, मधेसमा ११ करोड ७८ लाख, बागमतीमा सात करोड ५८ लाख, गण्डकीमा २५ करोड, लुम्बिनीमा छ करोड ५० लाख, कर्णालीमा नौ करोड ५२ लाख र सुदूरपश्चिम प्रदेशमा ११ करोड ८९ लाख मौज्दात रहेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा रु ६९ करोड पाँच लाख मौज्दात रहेको जानकारी दिए । प्राधिकरणले यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले बताए।

उनले भने, ‘सबै क्लष्टरलाई आपतकालीन अवस्थाका लागि पूर्ण तयारीसहित जिम्मेवारी तोकिसकिएको छ । विपद्का घटना भइहाले तत्काल परिचालन हुनेगरि सबै तयारीका काम सकिएको छ ।’ कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले बताए।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  २ : ५७ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल