विश्व खेल जगतमा नयाँ विजेताको लहर : पीएसजीदेखि आरसीबीसम्मले चुमे पहिलो पटक उपाधि | Khabarhub Khabarhub

विश्व खेल जगतमा नयाँ विजेताको लहर : पीएसजीदेखि आरसीबीसम्मले चुमे पहिलो पटक उपाधि


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को अठारौँ संस्करणको मंगलबार राति भारतको गुजरातमा समापन भएसँगै यो सिजन चलिरहेका खेलकुदका मुख्य प्रतियोगिता सकिएका छन् ।

यो वर्ष विश्वमै सबैभन्दा लोकप्रियमध्ये दुई फुटबल र क्रिकेटले ठूला प्रतियोगितामा नयाँ विजेता पाएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले पहिलो पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि चुमेको केही दिनमै यता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले पनि १८ वर्ष कुरेपछि उपाधिको खडेरी तोडेको छ ।

उता च्याम्पियन्स लिग र युइएफए युरोपा लिग जितिसकेको इङ्लिस क्लब चेल्सी पनि युइएफए कन्फ्रेन्स लिगमा यसै सिजन नयाँ विजेता बनेको छ ।

अर्कातिर साउदी अरबको क्लब अल-अहलीले पनि गत मे ३ तारिखमा पहिलो पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । अल-अहली पनि एफसी च्याम्पियन्स लिगको नयाँ विजेताका रुपमा उदाएको छ ।

उता भलिबल, टेनिस र साइक्लिसम्मका खेलमा पनि यो वर्ष नयाँ खेलाडी विजेताका रूपमा उदाएका छन् । त्यसकारण पनि सन् २०२५ वर्ष विश्व खेलकुदको दृष्टिले ऐतिहासिक बनेको । धेरै क्लब र खेलाडीले पहिलो पटक प्रतिष्ठित उपाधि जितेर नयाँ इतिहास रचेका छन् ।

फुटबलतर्फ

पेरिस सेन्ट जर्मेन (पीएसजी)

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । कुनै बेला लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे जस्ता खेलाडी हुँदा पनि चुम्न नसकेको उपाधि पीएसजीले यही सिजनमा जितेको छ ।

पीएसजीले जर्मनीको म्युनिखमा सम्पन्न फाइनल भिडन्तमा इटालियन क्लब इन्टर मिलानविरुद्ध एकपक्षीय ५-० गोलको नतिजा निकाले । यो अन्तर च्याम्पियन्स लिगको फाइनलमा भएकामध्ये सबैभन्दा ठूलो हो । पीएसजीलाई च्याम्पियन्स लिगको पहिलो उपाधि चुमाउने क्रममा डिजिरे डोउएले २ गोल गरे । अर्कातिर अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक-एक गोल गरे ।

लामो समयदेखि युरोपियन ट्रफी नजितेको आलोचना खेप्दै आएको पीएसजीका लागि यो नयाँ सुरूवात भएको छ । पीएसजीले सन् २०२५ मा शानदार प्रदर्शन गर्दै च्याम्पियन्स लिग र लीग वनसहित विभिन्न चार उपाधि चुमेको छ ।

अल-अहली

साउदी अरेबियन क्लब अल-अहलीले पनि पहिलो पटक एएफसी च्याम्पियन्स लिगको उपाधि जितेको छ । अल-अहलीले जापानी क्लब कावासाकी फ्रन्टालेलाई २-० गोल अन्तरले पराजित गर्दै मे ३ मा यो उपाधि चुमेको हो ।

यो प्रतियोगिताको फाइनलमा अहिलेसम्म यो उपाधि नजितेका टोलीबीच भिडन्त भएको थियो । सन् २०१८ यता पहिलो पटक उपाधि नजितेका क्लबबीच भिडन्त हुँदा अल-अहलीले बाजी मारेको हो । यो जितसँगै साउदी फुटबलमा नयाँ युगको सुरुवात भएको मानिएको छ । अर्कातिर एसियन फुटबलमा एकछत्र राज गरिरहेको जापानी क्बलहरूका लागि अब साउदी प्रो लिगका क्लबले टक्कर दिने हैसियत बनाएका छन् ।

चेल्सी

हुन त इङ्ल्याण्डको चर्चित क्लब चेल्सीले फुटबलका कुनै उपाधि जित्न बाँकी छैन । उसले यसअघि नै च्याम्पियन्स लिग र युरोपा लिगसहितका उपाधि चुमिसकेको । प्रिमियर लिगमा त चेल्सी सधैँ उपाधि दाबेदारका रुपमा देखिन्छ ।

तर यही टोलीले युरोपा लिगपछिको प्रतिष्ठित युइएफए कन्फ्रेन्स लिगको उपाधि पहिलो पटक जितेको छ। चेल्सीले स्पेनको रियल बेटिसलाई ४-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । यस जितसँगै चेल्सीले सबै प्रमुख युरोपेली ट्रफीहरू जित्ने इतिहास पनि रचेको छ । अब चेल्सी युइएफए कन्फ्रेन्स लिगको नयाँ विजेतका रुपमा पनि उभिएको छ।

क्रिकेट

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)

भारतीय क्रिकेटको सबैभन्दा लोकप्रिय टिममध्ये एक हो रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) । जसले १८ वर्षको पर्खाइपछि अन्ततः उपाधि खल्लो इतिहास तोडेको छ।

मंगलबार राति भएको फाइनलमा आरसीबीले पञ्जाब किङ्ग्स (पीकेबीएस) लाई ६ रनले पराजित गर्दै आईपीएल २०२५ को च्याम्पियन बन्न सफल भएको छ ।

गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको यो रोमाञ्चक फाइनल खेलमा आरसीबीका कप्तान रजत पाटीदारले उत्कृष्ट नेतृत्व प्रदर्शन गरे ।

आईपीएल इतिहासमा १८ वर्षको खडेरी तोडेको आरसीसी उपाधि उचाल्ने आठौं टोली बनेको छ । आरसीबीले यो सिजनमा ११ खेल जित्यो । जसमध्ये ९ वटा आरसीबीका नौवटा फरक खेलाडी ‘प्लेयर अफ द म्याच’ बने ।

आरसीबी र विराट कोहली दुवैले यो उपाधिका लागि १८ वर्ष नै कुरे । यस्तोमा उपाधि जितिसकेपछि विराटले भने, ‘दिल र आत्मा बैंगलोरसँग छ, अब म चैनले सुत्न सक्छु।’

यससँगै आरसीबीले २० करोड भारू नगद पाएको छ । त्यस्तै उपाधिको खडेरी तोड्न नसकेको पञ्जाबले १२.५ करोड भारू पाएको ।

यो उपाधिले विराट र दुवैले १७ वर्षसम्म खेपेको ट्रोलको पनि अन्त्य भएको छ । ‘हारसीब’ ‘कप कब ?’ भन्ने प्रश्नको पनि अब अन्त्य भएको छ । आईपीएलमा सबैभन्दा धेरै फ्यान आरसीबीकै छन् ।

यो उपाधिका कारण अब आरसीबीका फ्यानलाई हुने खिसिट्युरीको श्रृंखला पनि सकिएको छ । विराट कोहली, एबी डी भिलियर्स जस्ता खेलाडीहरूको निरन्तर साथले आरसीबीले नयाँ पुस्तासँग मिलेर इतिहास रचेको छ ।

भलिबल

झेट्सु भीसी

कजाखस्तानको झेट्सु भीसीले पहिलो पटक एभीसी महिला च्याम्पियन्स लिग २०२५ को उपाधि जितेको छ । यो प्रतियोगिता २०–२७ अप्रिल २०२५ मा फिलिपिन्समा भएको हो ।

झेट्सु भीसीले एभीसी महिला भलिबल च्याम्पियन्स लिगको पहिलो संस्करणको उपाधि भियतनामको भीटीभी बिन्ह डिएन लङ अनलाई ३-१ को सेटमा हराउँदै जितेको हो

यस जितसँगै झेट्सु भीसीले २०२५ एफआईभीबी महिला क्लब भलिबल वर्ल्ड च्याम्पियनशिपमा पनि स्थान बनाउन सफल भएको छ। कजाख क्लबले पहिलो पटक एशियन क्लब प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

यस जितसँगै झेट्सु भीसीले एशियाली क्लब भलिबलमा आफ्नो पहिलो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जितेको हो । यस टोलीका मुख्य खेलाडीहरूमा
क्यारीना डेनिसोभो (कप्तान) हुन् । त्यसैगरि टाट्याना निकितिना आक्रमण र ब्लकिङमा प्रभावशाली मानिन्छिन् ।

यो क्लबले उपाधि उचाल्दै २० हजार अमेरिकी डलर पनि जितेको छ । उपविजेता भीटीभीले बिन्ह डिएन लङ अनले १५ हजार डलर जितेको छ ।

साइक्लिङ

क्विन सिमन्स

अमेरिकी साइक्लिस्ट क्विन सिमन्स ले सन् २०२५ को यूएस प्रो रोड नेशनल च्याम्पियनशिपको पुरुष इलिट रोड रेस जितेका छन्।

उनले साहसिक ब्रेकअवे गर्दै यो उपाधि पहिलो पटक जितेका हुन् । यस जितसँगै उनले आफ्नो दोस्रो कन्सेक्युटिभ यू-२३ पुरुष रोड रेसको उपाधि चुम्न सफल भएका छन् ।

टेनिस

जोआओ फोन्सेका

ब्राजिलका युवा टेनिस खेलाडी जोआओ फोन्सेकाले सन् २०२५ को एटीपी टुरमा आफ्नो पहिलो उपाधि जितेका छन् । उनी १८ वर्षको उमेरमा अर्जेन्टिना ओपन जितेर ब्राजिलका सबैभन्दा कान्छा एटीपी च्याम्पियन पनि बनेका छन्।

यसका साथै उनले सन् २०२५ को अष्ट्रेलियन ओपनमा ९ औँ वरीयता प्राप्त एन्ड्रे रुबलेभलाई हराएर ग्राण्ड स्लाममा पहिलो जित पनि दर्ता गराउन सफल भएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ३ : ४५ बजे

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा

भिजाएर वा अंकुरित, कालो चना यसरी खानुहोस् 

काठमाडौं– जब स्वस्थ आहारको कुरा आउँछ, त्यहाँ केही स्वदेशी सुपरफूडहरू

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई