आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता   « Khabarhub

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता  


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक  शृखलाअन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले सुरुवातमै सफलता पाएको छ 

टस हारेर बलिङमा गएको नेपालका लागि सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा मिचेल लेभिटलाई रोहितपौडेलमार्फत क्याचआउट गराएका हुन् । 

स्कटल्याण्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा खेल जारी रहँदा नेदरल्यान्ड्सले तीन ओभर खेल्दै एक विकेटको क्षतिमा १३ रन बनाएको छ । 

यसअघि भएको टसमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । 

नेपालले सोमबार स्कटल्याण्डसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । यसमा रिजन ढकालको स्थान ललितनारायण राजवंशी छन् ।

लिग २ को आफ्नो चौथो चरणअन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

यता यस शृङ्खलाको आफ्नो उद्घाटन खेलमा  नेदरल्यान्ड्स पनि सुखद सुरुआतको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदिवसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले  तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स  २६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै १३ खेल खेलेको नेपाल आठ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । 

सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी छन् । 
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : ०३ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय