आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता   « Khabarhub

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता  


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक  शृखलाअन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले सुरुवातमै सफलता पाएको छ 

टस हारेर बलिङमा गएको नेपालका लागि सोमपाल कामीले दोस्रो ओभरको पहिलो बलमा मिचेल लेभिटलाई रोहितपौडेलमार्फत क्याचआउट गराएका हुन् । 

स्कटल्याण्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा खेल जारी रहँदा नेदरल्यान्ड्सले तीन ओभर खेल्दै एक विकेटको क्षतिमा १३ रन बनाएको छ । 

यसअघि भएको टसमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर पहिला ब्याटिङ रोजेका थिए । 

नेपालले सोमबार स्कटल्याण्डसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । यसमा रिजन ढकालको स्थान ललितनारायण राजवंशी छन् ।

लिग २ को आफ्नो चौथो चरणअन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

यता यस शृङ्खलाको आफ्नो उद्घाटन खेलमा  नेदरल्यान्ड्स पनि सुखद सुरुआतको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदिवसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले  तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स  २६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै १३ खेल खेलेको नेपाल आठ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ । 

सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी छन् । 
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ४ : ०३ बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा