गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष « Khabarhub

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी धार्मिक तीर्थयात्री सहभागी भएका छन् । साउदी अरबले यो संस्कार सम्पन्न गर्न हतार र सङ्घर्ष गरिरहेको छ । गत वर्षको भीषण गर्मीमा १००० बढी हज यात्रीको ज्यान गएको थियो ।

साउदी अरबको अहिले तत्कालको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) भन्दा माथि जान सक्ने अनुमान छ । तीर्थयात्रीले बिस्तारैबिस्तारै काबाको परिक्रमा गरिरहेका छन् । मक्कास्थित मस्जिदको केन्द्रमा रहेको ब्लाक क्युब सबैभन्दा पवित्र स्थल मानिन्छ ।

साउदी अरबका मिडियाका अनुसार मक्काको बाहिरी क्षेत्रमा रहेको विशाल टेन्टले निर्माण भएको मीना शहरमा तीर्थयात्री पुग्न थालेका छन् । जहाँ उनीहरू बिहीबार हजको उच्चतम विन्दुमा पुग्नेछन् र त्यसअघि जागराम बस्नेछन् । उनीहरूले माउन्ट अराफातमा प्रार्थना गर्नेछन् । जहाँ पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिएको विश्वास गरिन्छ ।

साउदी अधिकारीले हज यात्री छायाँमा बस्न सकून् भनेर अतिरिक्त शितल ठाउँहरू उपलब्ध गराएका छन् । हजारौं अतिरिक्त चिकित्सकलाई तैनाथ गरिएको छ । गत वर्षको जस्तो स्थिति नआओस् भन्नका लागि ४०० शितल क्षेत्रहरू तोकिएको छ ।

गत वर्ष साउदीमा ५१.८ सेल्सियस (१२५.२ फरेनहाइट) तापक्रम पुगेको थियो । जसका कारण १३०१ व्यक्तिको मृत्यु भएको थियो ।
– एएफपी

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ०० बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान