गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष « Khabarhub

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी धार्मिक तीर्थयात्री सहभागी भएका छन् । साउदी अरबले यो संस्कार सम्पन्न गर्न हतार र सङ्घर्ष गरिरहेको छ । गत वर्षको भीषण गर्मीमा १००० बढी हज यात्रीको ज्यान गएको थियो ।

साउदी अरबको अहिले तत्कालको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) भन्दा माथि जान सक्ने अनुमान छ । तीर्थयात्रीले बिस्तारैबिस्तारै काबाको परिक्रमा गरिरहेका छन् । मक्कास्थित मस्जिदको केन्द्रमा रहेको ब्लाक क्युब सबैभन्दा पवित्र स्थल मानिन्छ ।

साउदी अरबका मिडियाका अनुसार मक्काको बाहिरी क्षेत्रमा रहेको विशाल टेन्टले निर्माण भएको मीना शहरमा तीर्थयात्री पुग्न थालेका छन् । जहाँ उनीहरू बिहीबार हजको उच्चतम विन्दुमा पुग्नेछन् र त्यसअघि जागराम बस्नेछन् । उनीहरूले माउन्ट अराफातमा प्रार्थना गर्नेछन् । जहाँ पैगम्बर मोहम्मदले आफ्नो अन्तिम उपदेश दिएको विश्वास गरिन्छ ।

साउदी अधिकारीले हज यात्री छायाँमा बस्न सकून् भनेर अतिरिक्त शितल ठाउँहरू उपलब्ध गराएका छन् । हजारौं अतिरिक्त चिकित्सकलाई तैनाथ गरिएको छ । गत वर्षको जस्तो स्थिति नआओस् भन्नका लागि ४०० शितल क्षेत्रहरू तोकिएको छ ।

गत वर्ष साउदीमा ५१.८ सेल्सियस (१२५.२ फरेनहाइट) तापक्रम पुगेको थियो । जसका कारण १३०१ व्यक्तिको मृत्यु भएको थियो ।
– एएफपी

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ०० बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।