आईसीसी विश्वकप लिग-२ : दबाबमा नेदरल्यान्ड्स, १०० रन कटाउँदा चार विकेट गुमायो | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग-२ : दबाबमा नेदरल्यान्ड्स, १०० रन कटाउँदा चार विकेट गुमायो


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १०० रन कटाएको छ ।

सुरूवातमै दुई विकेट गुमाएर दबाबमा परेको नेदरल्यान्ड्सले त्यसपछि सम्हालिएर खेल्दै स्कोर २७ ओभरमा १११ रन बनाएको हो ।

नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिट खेलको दोस्रो ओभरमै १ रनको अवस्थामा सोमपाल कामीको बलमा रोहित पौडेलबाट क्याच आउट भएका थिए ।

त्यसपछि करण केसीले अर्का ओपनर म्याक्स ओडयुडलाई ४ रनको अवस्थामा बोल्ड गरिदिएका थिए । नेदरल्यान्ड्सको स्कोर उकास्न मद्दत गरेका विक्रमजीत सिंह ५६ बलमा ३८ रन बनाएको अवस्थामा सन्दीप लामिछानेको बलमा अरिफ शेखबाट क्याच आउट भए ।

पछिल्लो पटक जाओच लियोन क्याक्चेट पनि आउट भएका छन् । ७१ बलमा ४६ रन बनाएको अवस्थामा उनलाई ललित राजवंशीले रोहित पौडेलबाट क्याच आउट गराएर पभेलियनको बाटो देखाए ।

अहिले क्रिजमा स्कट एडवार्ड र तेजा निदामानरू छन् । जाओच लियोन क्याक्चेट १६ बलमा ११ रनको अवस्थामा छन् । उता तेजाले भर्खरै खाता खोलेका छन् ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा २७ ओभरको खेल भइसक्दा नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा ११० रन बनाएको छ ।

यसअघि भएको टसमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।

नेपालले सोमबार स्कटल्याण्डसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । यसमा रिजन ढकालको स्थान ललितनारायण राजवंशी छन् ।

लिग २ को आफ्नो चौथो चरणअन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

यता यस शृङ्खलाको आफ्नो उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद सुरुआतको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदिवसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै १३ खेल खेलेको नेपाल आठ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ५१ बजे

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले