आईसीसी विश्वकप लिग-२ : दबाबमा नेदरल्यान्ड्स, १०० रन कटाउँदा चार विकेट गुमायो « Khabarhub

आईसीसी विश्वकप लिग-२ : दबाबमा नेदरल्यान्ड्स, १०० रन कटाउँदा चार विकेट गुमायो


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्तर्गत नेपालविरुद्ध पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्सले १०० रन कटाएको छ ।

सुरूवातमै दुई विकेट गुमाएर दबाबमा परेको नेदरल्यान्ड्सले त्यसपछि सम्हालिएर खेल्दै स्कोर २७ ओभरमा १११ रन बनाएको हो ।

नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिट खेलको दोस्रो ओभरमै १ रनको अवस्थामा सोमपाल कामीको बलमा रोहित पौडेलबाट क्याच आउट भएका थिए ।

त्यसपछि करण केसीले अर्का ओपनर म्याक्स ओडयुडलाई ४ रनको अवस्थामा बोल्ड गरिदिएका थिए । नेदरल्यान्ड्सको स्कोर उकास्न मद्दत गरेका विक्रमजीत सिंह ५६ बलमा ३८ रन बनाएको अवस्थामा सन्दीप लामिछानेको बलमा अरिफ शेखबाट क्याच आउट भए ।

पछिल्लो पटक जाओच लियोन क्याक्चेट पनि आउट भएका छन् । ७१ बलमा ४६ रन बनाएको अवस्थामा उनलाई ललित राजवंशीले रोहित पौडेलबाट क्याच आउट गराएर पभेलियनको बाटो देखाए ।

अहिले क्रिजमा स्कट एडवार्ड र तेजा निदामानरू छन् । जाओच लियोन क्याक्चेट १६ बलमा ११ रनको अवस्थामा छन् । उता तेजाले भर्खरै खाता खोलेका छन् ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा २७ ओभरको खेल भइसक्दा नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा ११० रन बनाएको छ ।

यसअघि भएको टसमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर पहिला ब्याटिङ रोजेका थिए ।

नेपालले सोमबार स्कटल्याण्डसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । यसमा रिजन ढकालको स्थान ललितनारायण राजवंशी छन् ।

लिग २ को आफ्नो चौथो चरणअन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।

यता यस शृङ्खलाको आफ्नो उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद सुरुआतको लक्ष्यमा रहेको छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदिवसीय अन्तरराष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।

विश्वकप लिग–२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै १३ खेल खेलेको नेपाल आठ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको प्लेइङ–११ मा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशी छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ५ : ५१ बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी

श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको