त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह « Khabarhub

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज जारी गरेको विज्ञप्तिमा त्रिविको उपकुलपतिको कार्यालयमा एक समूहबाट तोडफोड भएको तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् । 

‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्रीज्यू उक्त घटनाका सम्बन्धमा सूक्ष्म अध्ययन गरिरहनुभएको छ’, प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै मन्त्रीज्यूले यस्ता अनुशासनहीन र गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नुभएको छ ।’

मन्त्रालयले विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौँ विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशील रहनुपर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्‍याउने कुनै पनि कार्य सदैव निन्दनीय र भर्त्सना योग्य हुने जनाएको छ । 

मन्त्रालयले भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रूपमा सावधानीपूर्वक प्रयत्न गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता सापकोटाले जनाएका छन् । 
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : १८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै