त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह « Khabarhub

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज जारी गरेको विज्ञप्तिमा त्रिविको उपकुलपतिको कार्यालयमा एक समूहबाट तोडफोड भएको तथा अन्य पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् । 

‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्रीज्यू उक्त घटनाका सम्बन्धमा सूक्ष्म अध्ययन गरिरहनुभएको छ’, प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै मन्त्रीज्यूले यस्ता अनुशासनहीन र गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नुभएको छ ।’

मन्त्रालयले विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखौँ विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशील रहनुपर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्‍याउने कुनै पनि कार्य सदैव निन्दनीय र भर्त्सना योग्य हुने जनाएको छ । 

मन्त्रालयले भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रूपमा सावधानीपूर्वक प्रयत्न गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको मन्त्रालयका प्रवक्ता सापकोटाले जनाएका छन् । 
 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : १८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।