‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि « Khabarhub

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कास्की– देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । 

नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ देखि ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्रतियोगिता नेपाल भलिबल सङ्घ र राष्ट्रिय खेलकुद परिषद्को आधिकारिक स्वीकृतिमा हुन लागेको हो । प्रतियोगितामा नेपालका प्रमुख क्लब तथा टिम सहभागी हुनेछन् । जसमा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश टिम र न्यू डायमण्ड युथ स्पोट्र्स क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । उनका अनुसार प्रतियोगिता ‘लिग तथा नकआउट’ चरणमा सञ्चालन गरिनेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले छ लाख, उपविजेताले तीन लाख र तेस्रो हुने टिमले रू एक लाख पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले रू २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूले जनही १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।

एकेडेमीका अध्यक्ष कोइरालाले भलिबललाई लोकप्रिय बनाउने र राष्ट्रियस्तरको प्रतियोगितामार्फत महिला खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए। 

अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष शिव कोइरालाले महासङ्घले वर्षभरी नै बृहत् खेलकुद महोत्सवका रूपमा विभिन्न खेलकुदका प्रतियोगिता सञ्चालन गरिरहेको जानकारी दिए। 

विसं २०७४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेलका रूपमा घोषणा गरेको थियो । भलिबल खेलको विकास र विस्तारका लागि पोखरामा पहिलोपटक प्रचण्ड कप भलिबल गर्न लागिएको हो । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ७ : ३१ बजे

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान- इरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि

सई यादव हत्याका मुख्य अभियुक्त २२ महिनापछि पक्राउ

काठमाडौं– ‘हाम्रो आशा–भरोसा सबै टुटिसकेको थियो । भाइको हत्यामा संलग्न

पहिरो खसेपछि मुग्लिनमा सवारी जाम (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, मुग्लिनमा सवारी जाम लागेको

‘आज मसँग न पैसा छ, न बैङ्क ब्यालेन्स’, बालगायक अशोक दर्जी भन्छन्, ‘धेरै थाकिसकेँ’

काठमाडौं- कुनै समय सडकमा गीत गाउँदै हिँड्ने बालकका रूपमा नेपाली