पोखरा विश्वविद्यालयद्वारा विभिन्न संकायका डिन नियुक्त | Khabarhub Khabarhub

पोखरा विश्वविद्यालयद्वारा विभिन्न संकायका डिन नियुक्त


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विभिन्न संकायका डिन तथा परीक्षा नियन्त्रक नियुक्त गरेको छ ।

कार्यकारी परिषद्को मंगलबार भएको बैठकको निर्णय अनुसार पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम विभिन्न निर्णय गरिएको हो ।

स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्राडा विष्णुराज तिवारीलाई स्वास्थ्य विज्ञान संकायको डिन नियुक्त गरिएको छ । कार्यकारी परिषद्ले पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका सहप्राध्यापक ई। बुद्धिराज जोशीलाई विज्ञान तथा प्रविधि संकायको डिन र स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङका उपप्राध्यापक डा सुरेन्द्र तिवारीलाई मानविकी तथा सामाजिक शास्त्र संकायको डिन पदमा नियुक्त गरेको हो ।

सोही बैठकले पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका उपप्राध्यापक राजु पाण्डेयलाई पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ को नियम १५ (३) बमोजिम परीक्षा नियन्त्रक पदमा नियुक्त गरेको छ ।

नियुक्त भएका सबैको कार्यकाल चार वर्ष छ । नवनियुक्त पदाधिकारीलाई पोखरा विश्वविद्यालयको उपकुलपति कार्यालयमा बुधबार आयोजित समारोहबीच उपकुलपति प्राडा वेदराज केसीले पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ८ : ५२ बजे

जेन-जीका सहिद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

गोदावरी– जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव

पाथीभरा क्षेत्रमा मदिरा निषेध

फुङ्लिङ– पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको

‘हरिबहादुर’लाई फिल्ममा डेब्यू गराउँदा दंग दीपेन्द्र

काठमाडौं – वरिष्ठ कलाकार हरिवंशको निर्वाह गरेको आइकोनिक क्यारेक्टर हो–

जेन-जीको सम्झनामा प्रधानमन्त्री कार्कीले दशैंको टिका नलगाउने

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको दशैंको टिका नलाउने भएकी

कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए

कञ्चनपुर– छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा